NT Teej (3)अस्ट्रेलियाको  उत्तरी  शहर डार्विनमा यस वर्षपनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीज भब्य रुपमा मनाएका छन् । गत अगष्ट १२ तारिखका दिन नेपालीहरुको बैधानिक संस्था नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरी तथा एनआरएनए एनटिले संयुक्त रुपमा आयोजना गरेको तीज विशेष दरखाने कार्यक्रममा नर्दन टेरिटोरीका मुख्य मन्त्री एडम गिलस, मल्टिकल्चरल मिनिस्टर एनटी  पिटर  डोनाल्ड  स्टाइल  फेडेरल  मेम्बर  अफ  पार्लियामेन्ट  लुक घोसलिङ्ग, विपक्षी  पार्टीका  प्रतिनिधी,  अतिथिहरु लगाएत डार्विनबासी  दिदीबहिनी दाजुभाइहरुको बाक्लो उपस्थिति थियो । सोही अवसरमा प्रमुख अतिथी, अतिथहरुलाई पञ्चकन्याद्धारा खादा लगाएर भब्य स्वागत गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा तीज विशेष संयोजन समितिकी प्रमुख अञ्जना पन्त बरालले तीज पर्व नेपाली नारीहरुको पर्व मात्र नभएर विदेशीहरु पनि आकर्षित भएका कारण नेपाली कलालाई विश्वमाझ  फैलाउनु पर्ने भन्दै कार्यक्रमको बारेमा जानकारी  दिएकी  थिइन । स्थानीय कलाकारहरु बाट विभिन्न आकर्षक नृत्यहरुका साथ शुरु भएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी सम्माननीय मुख्य मन्त्री एडम गिल्स र फेडरल मेम्बर अफ पार्लियामेन्ट लुक घोसलिङ्गले पानसमा बत्ति बालेर संयुक्त रुपमा औपचारिक  उदघाटन  गरेका  थिए  । NT Teej (1) भब्य सहभागिता  भएको  उक्त कार्यक्रममा  नेपाल  र अस्ट्रेलिया दुवै देशको  राष्ट्रिय गीत  बजाउँदा  दर्शकहरु  आ-आफ्नो स्थानबाट  ठेर  सम्मान व्यक्त गरेका थिए । स-साना नानीहरुबाट  स्वागत  नृत्य प्रस्तुत  गर्दा  दर्शक  दीर्धाबाट तालिको गडगडाहटले फिलिपिनो हल गुञ्जायमान भएको थियो ।
आयोजकको तर्फबाट नेप्लिज एसोसिएसन अफ नर्दन  टेरिटोरीका अध्क्षय सुदिप श्रेष्ठले सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै हाम्रो कला र संस्कृतिको राम्रो पहिचान संग जोडिएकोले नेपाली संस्कृति र कलाको सम्वर्धन गर्न संस्था र एनआरएनएले हरेक वर्ष यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको स्मरण गराएका थिए । उनले आगामी  दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई  अझ  प्रभावकारी  ढंगले  अगाडि  बढाउने  प्रतिबद्धता व्यक्त गरे । त्यसै गरी कार्यक्रममा  प्रमुख अतिथी, अतिथीहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा एनआरएनए एनटिका  संयोजक  निरज गुरुङ्गले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै तीज गीत गाएर दर्शकहरुलाई उत्साहित पार्नुका साथै धन्यवाद पनि दिएका थिए ।
कार्यक्रमको  मध्यान्तरमा कार्यक्रमका प्रमुख आकर्षण राष्ट्रिय लोक  दोहारी गायिका  कोमल  वलीलाई नारी निकुञ्जकी प्रतिनिधि  मेनु  गुरुङ्ग र संस्थाका सचिव अञ्जना बरालले स्टेजमा स्वागत गरेका थिए । सोही अवसरमा गायिका वलीले बाँझो खेतमा बोलको गीतमा प्रमुख अतिथी अतिथीहरु, आयोजक दुवै संस्थाका सदस्यहरुलाई स्टेजमा नचाउनुका साथै स्टेजमा पोइला जान पाम, लास्टै चोटी हो लगायतका थुप्रै गीतहरु गाइरहँदा दर्शक दीर्घामा रहेका सम्पूर्ण दिदी बहिनीहरु साथमा  साथ  दिएर  छमछमी  नाचेका  थिए । समाजसेवी  हरी  रिजाल, शंम्भु कंडेल, गणेश पौडेल, सविन बराल तथा को-अर्डिनेटर निरज गुरुङ्गलगायत थुप्रै दर्शकहरु स्टेजमै गएर गायिका वली सँगसँगै नाचेका थिए। कार्यक्रमको अन्यतिर गायिका वलीलाई दुवै संस्थाका तर्फबाट मायाँको चिनो प्रदान गरिएको थियो । NT Teej (2)त्यसै गरी नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरी २०१४–१६ का पदाधिकारीहरुलाई पनि मायाको चिनो प्रदान  गरिएको  थियो  । सो कार्यक्रमको प्रायोजन ३६०मोर्ट्गेज एण्ड सोलुसन, किमो हाउस डार्विन रहेको थियो भने इभेन्ट स्पोन्सर महेश गौतम,  डार्विन  ह्वाट्स फुटबल क्लव, नर्दन टेरिटोरी सरकार  रहेका थिए। गिफ्ट भौचर सनसिल हेयर,  मिडियामा अमित पराजुली,  अफिसियल  फोटोग्राफीमा सुजित  सापकोटा,  र शाद्र्धुल  भारद्धाज  रहेका  थिए । कृष्ण रानाभाट  र  मनिषा  गुरुङ्गले संयुक्त रुपमा संचालन  गरेको  सो  कार्यक्रम  संचालन तीज  संयोजक  अञ्जना बरालले गरेकी थिइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार