गलकोट समाज अस्ट्रेलियाको दोश्रो बार्षिक अधिबेशन सम्पन्न

  • निरज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

  • नेपालको बाग्लुंग जिल्ला अवस्थिति गल्कोट क्षेत्रबाट अस्ट्रेलियामा रहनु भएको गलकोटेहरुको साझा संस्था गलकोट समाज अस्ट्रेलियाको दोश्रो बार्षिक अधिबेशन तथा भेटघाट कार्यक्रम हालै सम्पन्न भएको छ । नयाँ बर्ष २०७४ शुभकामना आदान प्रदान सहित गत अप्रिल १४ का दिन टेम्पी स्थित केण्ड्रिक पार्कमा सम्पन्न सो अधिबेशनले आगामी कार्यकालका लागि निरज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

    संस्थाका बिगत कार्यकालको सम्पूर्ण समिक्षा र आउने दिनमा संस्थालाई यहाँ रहेका गलकोटबासीहरु बिच अझ निकट सम्बन्ध स्थापित गर्दै आफ्नो गाउँ ठाउँमा बिबिध परोपकारी कार्यहरुलाई निरन्तरता दिने पनि अधिबेशनले निर्णय गरेको छ । सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिमा अध्यक्ष निरज भण्डारी, बरिष्ठ उपाध्यक्ष कृष्ण सुनार, उपाध्यक्ष दिपक अधिकारी, महासचिब लक्ष्मण कुँवर, सचिब कुल के सी, कोषाध्यक्ष मनोज अधिकारी,सह कोषाध्यक्ष याम  कुँवर, संस्कृतिक संयोजक अन्जेला बि क, खेलकुद संयोजक जंग कुँवर, सह संयोजक अर्जुन अधिकारी हुनु हुन्छ । त्यसै गरि   सदस्यहरुमा प्रबिन कुँवर, मनिष खत्री, गोर्ख  खत्री, सिर्जन मल्ल, अर्जुन पारीयर, हिमाल के सी, राम घर्ति हुनु हुन्छ । अधिबेशन लगतै सम्पन्न समाजको कार्यसमितीको पहिलो बैठकबाट बिस्तारित हालको गल्कोट नगरपालिका क्षेत्रबाट यहाँ आएर बसेका धेरै भन्दा धेरै गल्कोटेहरुलाई समेट्ने गरि सदस्यहरु र साल्लहाकारहरु थप्ने निर्णय गरेको संस्थाका महासचिब लक्ष्मण कुँवरले बताए ।
                                                                                   ……………………………………………

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार