धुर्मुस सुन्तली फाउण्डेशनको लागि सोह्रसय छ्हत्तर डलर

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०७४

धुर्मुस सुन्तली फाउण्डेशनको सहयोगार्थको लागि यही अप्रिल ८ तारिखमा कोवर्ग लेकपार्क स्थित BBQ कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमलाई मेलवर्न नेप्लिज कम्युनिटि वेस्टले आयोजना गरेको थियो । कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो । विहान ११ वजेदेखि सुरु भएको यो कार्यक्रम दिउँसो ४ वजेसम्म चलेको थियो । द्यद्यत्त मा उपस्थित हुने व्यक्तिहरुको सानो सहयोग जम्मा गरेर नै कार्यक्रममा सोह्रसय छ्हत्तर डलर उठेको थियो । आयोजकले कसैलाई पनि सहयोग गर्न दवाव नदिएको र सो इच्छाले राम्रो कामको लागि जति दिएपनि हुन्छ भनेर आग्रह गरेका थिए ।

नेपाली टाइम्स मेलवर्नसँग कुरा गर्दै  वि एम डब्लु मेलवर्नका सञ्चालक विष्णु सापकोटाले कार्यक्रम सफल भएको र यो कार्यक्रम परोपकारी कामको लागि भएकोले जे जति रकम संकलन भयो आँफू सन्तुष्टि नै रहेको र आउँदो दिनहरुमा पनि यस्तो कार्यक्रम गरिनै रहने बताएका छन् । कार्यक्रममा चन्दा पेटी नेप्लिज एशोसिएसन भिक्टोरीयाका अध्यक्ष अनुपम पोख्रेलले खोलेका थिए ।