BMW एजुकेसनलले नब आगन्तुक बिधार्थीहरुलाई लक्षित गर्दै मेलबर्नमा एक दिने Job information Session गर्दैछ ।  ११ मे का दिन दिउसो ३ बजे देखि ६ बजे सम्म हुने उक्त सेसन The Rendezvous Hotel (328 Flinders Street, Melbourne) मा हुदैछ ।

कार्यक्रमको मुख्य उदेश्य नयाँ आएका बिधार्थीहरुलाई अस्ट्रेलिया बाताबरण संग परिचित हुन मद्दत गर्ने, यहाँका सामान्य र चलन चल्तीका नियमहरुको बारेमा नबआगन्तुकहरु लाई सचेत गराउने, काम खोज्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा टिप्सहरु दिने, रेजुमे कसरि आकर्षण बनाउने भन्ने सिकाउने, पानी सुरक्षा (Water safety ) का बारेमा ध्यान दिनु पर्ने कुराहरु प्रति सचेत गराउने र समग्रमा आत्मा निर्भर रही सबै किसिमका आइ पर्ने समस्या संग जुध्नको लागि अभिप्रेरित गर्ने रहेको छ ।  त्यसका साथै उक्त सेसनमा सहभागी मध्ये कम्तिमा २ जनालाई कामको अवसर पनि दिने उदेश्य रहेको आयोजकले जनाएको छ । कार्यक्रममा  BMW एजुकेसनलको तर्फबाट  बिष्णु सापकोटा त्यसै गरि सरोज खनाल र मनिष सापकोटाले बक्ता र सहजकर्ताको रुपमा रहनु हुनेछ ।  कार्यक्रममा उपस्थिति भइ मौकाको फाइदा उठाउनु हुन सबै बिधार्थी भाई बैनीहरुलाई आयोजक BMW एजुकेसनलले हार्दिक अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार