र्याड स्टुडियोको सांगितिक प्रस्तुती

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४

विगत केहि समयदेखी सिड्नीमा सक्रिय रहेको सांगेतीक समूह Rad’studio ले एउटा विलकुलै नयाँ सोचाइका साथ Let’s get together on Sydney Run नामको कार्यक्रम गर्ने भएको छ । समूहका एक सदस्य राजेश घिमिरेका अनुसार प्रत्येक महिना सिड्नीको विभिन्न ठाँउमा सांगेतीक कार्यक्रम गर्ने सोचाइका साथ सुरू गर्न लागेको बताए ।नेपालमा यस्तो प्रकारको कार्यक्रमहरु हुने गरेको र संगीत प्रमीहरुले मनपराउने गरेका छन् । विशेष गरि ठमेल ,दरबार मार्ग एरियामा लाइभ ब्याण्डको प्रस्तुति हुने गर्दछ । त्यस्तै अवधारणा लिएर सिड्नीमा पनि कार्यक्रम गर्न लागेको घिमिरे बताउँछन् । सिड्नीमा नेपालीहरुको वाक्लै उपस्थिती रहेको र आफ्नो कार्यक्रम सफल हुनेमा उनी र व्याण्डका अरु सदस्य विश्वस्त छन् ।यहि अगस्त ५ देखि Red capsicum function center बाट उक्त कार्यक्रम सुरु हुनेछ ।