कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौलाद्धारा निर्माण गरिएको छक्का पञ्जा २ सिड्नीमा प्रदर्शन हुने भएको छ । चलचित्र यही सेप्टेम्बरको २७ तारिखमा बरउडको इभेन्ट सिनेमामा प्रदर्शन हुने बताइएको छ ।
नेपाली सिनेमाको इतिहासमै ब्यवसायिक रुपले सबैभन्दा सफल भनेर दाबी गरिएको छक्कापञ्जा चलचित्रको सिक्वेलको रुपमा निर्माण भएको यस चलचित्रलाई ओसिनिया एजुकेसनले प्रस्तुत गर्न लागेको जानकारी दिइएको छ । दीपकराज गिरी, प्रियंका कार्कि, केदार घिमिरे, जीतु नेपाल, बर्षा राउत, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाल, बुद्धी तामाङ लगायतको अभिनय रहेको चलचित्र रिलिज पुर्व नै अत्यधिक चर्चामा रहेको छ । २५ रुपैया टिकट तोकिएको चलचित्रको टिकट टिकटप्लस वेबसाइटबाट खरिद गर्न सकिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार