अस्ट्रेलियामा रहने हिन्दुहरुका लागि दशैँ टिका ग्रहण शुभ मुहुर्त सम्बन्धि सूचना !

  • नौ दिनसम्म विधीपूर्वक पुजापाठद्धारा उमारिएको जमरा विजया दशमी टिकाको दिनमा बितरण गरिने

  • नेपाली हिन्दू समाज अस्ट्रेलियाले अस्ट्रेलियन हिन्दु पन्चाङ्ग  अनुसार यहाका  बिभिन्न शहरहरुमा बिजयादशमीमा गरिने देवी बिसर्जन र  टिका ग्रहण शुभ साइत सम्बन्धि आवस्यक सूचना जारि गरेको छ |

    जस अनुसार देवि बिसर्जन शुभ साइत : शनिबार ३० सेप्टेम्बर २०१७, सिड्नीमा बिहान ५:३७ देखी ८:०४ सम्म,  मेलबर्नमा बिहान ६:२९ देखी ८:३५ सम्म,  क्यान्बेरामा बिहान ५:१८ देखी ८:१२ सम्म,   पर्थमा  बिहान ५:३९ देखी ८:२६ सम्म,  डार्विनमा बिहान ६:३४ देखी ८:५९ सम्म, एडिलेडमा बिहान ५:५७ देखी ८:२५ सम्म, तास्मेनियामा बिहान ५:५६  देखी ८:२४ सम्म र  ब्रिसबेनमा बिहान ५:५४ देखी ८:१३ सम्म शुभ समय रहेको जानकारी गराएको छ |

    यसै गरि टिका शुभ साइत : शनिबार ३० सेप्टेम्बर २०१७ सिड्नीमा मध्यान्न १२:२९, मेलबर्नमा मध्यान्न १२:१६, क्यान्बेरामा मध्यान्न १२:२७, पर्थमा मध्यान्न १२:५६,  डार्विनमा मध्यान्न १२:४७, एडिलेडमा मध्यान्न १२:३३, तास्मेनियामा मध्यान्न १२:४५ र  ब्रिसबेनमा मध्यान्न १२:१६ शुभ समय रहेको कुरा नेपाली हिन्दू समाज अस्ट्रेलियाका तर्फ बाट पण्डित प्रकाश ढोडारिले जानकारी दिए |

    साथै टिका समय शुरु भाईसकेपछी कोजाग्रत पुर्णिमाको दिनसम्म जुनसुकै बेला विजयदशमीको टिका लगाउन र आशिर्वाद ग्रहण गर्न सकिने छ  | यस बर्ष टिका ग्रहण गर्ने ब्यक्तिले पश्चिमाभिमुख्  (पश्चिम फर्केर) वा उत्तराभिमुख् (उत्तर फर्किएर ) लगाउन शुभ छ ।

    नेपाली हिन्दु समाजले विगतको वर्ष झैं यस वर्षपनि सामुहिक रुपमा घटस्थापना सहित दुर्गा पुजा कार्यक्रमको अयोजना गरेको थियो । नौ दिनसम्म विधीपूर्वक पुजापाठद्धारा उमारिएको जमरा विजया दशमी टिकाको दिनमा बितरण गरिने ब्यबस्था मिलाईएको सबैलाई जानकारी गराउदछौ ।

    थप जानकारी का लागि पण्डित प्रकाश ढोडारिलाइ ०४११ ८३८ ४४९ मा सम्पर्क गर्न सकिने छ |

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार