गल्कोट सोसाइटीको एकदिवसिय भलिबल प्रतियोगिता हुंदै बिभिन्न सामाजिक काममा सक्रिय गल्कोट सोसाइटि अष्ट्रेलियाले भलिबल खेलाडिहरुको चाहानालार्इ मध्यनजर गर्दै उनिहरुको प्रबद्धनगर्ने उद्देश्य सहित एकदिवसिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि अक्टोवर २९ तारिखका दिन सिड्नी म्यारिकभिलको पिसिवाइसि हलमा बिहान ९ बजेदेखि सांझ ७ बजेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका दिपक अधिकारी र कृष्ण सुनारले जानकारी दिएका छन् । यो प्रतियोगितामा करिब १० टिमले सहभागि जनाउने अनुमान गरिएको छ । यस प्रतियोगितालाइ नेष्टटर्म एजुकेसन एन्ड भिषा सर्भिसले मुख्य प्रायोजन गरेको छ । प्रवासमा रहेपनि खेलाडिको क्षमता वृद्दि अनि भलिबल खेलको प्रबद्धन गर्नको लागि यो प्रतियोगिता आयोजना गरिएको संस्थाका निरज भन्डारी र बिरेन्द्र मल्लले द नेपाली टाइम्ससंगको कुराकानिमा बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार