नेपाली समुदायको महत्त्वपूर्ण चाड तिहारको पावन अवसरमा नेपाली अस्ट्रेलियन युथ एसोसिएसन (नया) ले गत अक्टोबर १५ तारिकका दिन एक दिवसीय देउसी- भैलो कार्यक्रम सम्पन्न गरेको छ ।अस्ट्रेलियाको नेपाली समुदायमा आफ्ना विविध कार्यक्रम र संलग्नताका कारण लोकप्रिय नयाँ नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्धनमा स्थापना कालदेखि नै कृयाशिल रहेको छ।
सिड्नीको पनानीया स्थित नयाँका अध्यक्ष प्रकाश खरेलको निवासबाट सुरू भएको देउसी हर्न्स्बी एनआरएन एससिसिका सह-सचिव सरोज पाण्डेको निवासमा गएर समापन गरिएको थियो । नयाँका  कल्चरल कोओर्डिनेटर अनुजा शर्माको नेतृत्वमा परिचालित उक्त कार्यक्रमलाई संस्थाका प्रवक्ता हिरा कंडेल भट्टाउने साथै संचालन गरेका थिए भने कार्यक्रममा नेपाल बार एसोसिएसनका महासचिव खाम बहादुर खातिले शुभकामना मन्तव्य दिएको थिए । संस्थाकी कल्चरल को-ओर्डिनेटर अनुजा शर्मा र संस्थाकी  सुभेच्छुक प्रतिभाशाली निकीशा दाहालले कार्यक्रम अवधिभर बिशेष नृत्य प्रस्तुत गरेका थिए ।
नयाँका संस्थापक अध्यक्ष , सह- अध्यक्ष, महासचिव, सल्लाहकार एवं बर्तमान कार्य समितिका पदाधिकारीहरूको बाक्लो उपस्थितीमा सम्पन्न उक्त कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष प्रकाश खरेलले नेपाली कलालाई सहयोग मिल्ने यस्ता कार्यलाई भविष्यमा निरन्तरता दिइने कुराको जानकारी दिए ।  कल्चरल टिमका पदाधिकारीहरू अनुजा शर्मा र मिरा ढकालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई बिशेष धन्यवाद दिदै आफूहरू अत्यन्तै खुसी र प्रेरित भएको टिप्पणी गरेका थिए  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार