जी-फाइभ माछापुछ्रे कप फुटबल प्रतियोगिता २०१७ को उपाधि गोर्खा फुटबल क्लब ब्रिसबेनले हात पारेको छ । नोभेम्बर ११ र १२ दुइ दिन सम्म चलेको निक्कै रोमान्चक र प्रतिस्पर्धात्मक प्रतियोगिताको फाइनलमा गोर्खा फुटबल क्लबले फेवा फुटबल क्लबलाई टाइब्रेकरमा १ स्कोरले पछि पार्दै उपाधि हात पर्न सफल भएको छ भने दोश्रो स्थानमा फेवा फुटबल क्लब र तेश्रो सेन्ट जोर्ज नेपालीज फुटबल क्लब भएका छन् ।
अन्तराष्ट्रिय स्तरको खेल मैदानको रुपमा परिचित सिड्नीको ग्लेनउड स्थित भ्यालइनटाइन पार्कमा भएको उक्त प्रतियोगितामा बेस्ट गोलकिपर गोर्खा फुटबल क्लब ब्रिसबेनका ठुला राम गुरुङ, सर्वाधिक गोलकर्ता बेनी फुटबल क्लबका सबिन केसी, म्यान अफ दी

 

 म्याच गोर्खा फुटबल क्लब ब्रिसबेनका रिकेश राइ र प्लयेर अफ द टुर्नामेन्ट बिबेक प्रधान सेन्ट जोर्ज नेपालीज फुटबल क्लब बिबेक पन्त भएका छन्।
ग्यालेक्सी एजुकेशन, बिज एजुकेशन, नेपकोम, सिड्नी एक्सप्रेस, ग्लोबलएनसी एजुकेशन मिलेर बनेको समुह जी फाइभले प्रायोजन गरेको उक्त प्रतियोगिताको बर्षेनी यहि समय परेर खेलाइने माछापुछ्रे फुटबल कल्बका बिजेन बटाजुले बताए। यति ठुलो प्रतियोगिता संचालन गर्न सहयोग गर्ने सबै खेलाडी, प्रायोजक, स्वयंसेवक र मिडियालाई बटाजुले समापनका अवसरमा धन्यवाद दिए।
प्रतियोगिताको विजेताले तिन हजार डलर र ट्रोफ़ी तथा पदक भने दोस्रो स्थान हात पार्ने टोलीले एक हजार डलर र तेश्रोले पाँच र ट्रोफि प्राप्त गरेका छन् । त्यसै गरी उमेर समूह ३५+ तर्फ भएको खेलमा माछापूछे क्लब प्रथम र सेन्ट जोर्ज नेप्लिज फुटबल कल्ब दोश्रो हुन सफल भएको छ। ३५+ तर्फ सेन्ट जोर्ज नेप्लिज फुटबल कल्बका रोयल मास्के बेस्ट गोलकिपर, सर्वाधिक गोलकर्ता माछापूछे क्लबका बिकाश गौचन, म्यान अफ दी म्याच सेन्ट जोर्ज नेप्लिज फुटबल कल्बका सचिन्द्र श्रेष्ठ र प्लयेर अफ द टुर्नामेन्ट माछापूछे क्लबका बिकाश गौचन बनेका छन्।
ब्ल्याक टाउन काउन्सिलका काउन्सिलर बेन्जामिन सुसाइ एनआरएनए एनएसडब्लुका संयोजक नन्द गुरुङले उद्घाटन गरेको यस टुर्नामेन्ट प्रतियोगिताको समापन समारोहमा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनएसडब्लुका नेपाली महाबाणिज्यदुत दिपक खड्का, एनआरएन अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने, ब्ल्याक टाउन काउन्सिलका काउन्सिलर बेन्जामिन सुसाइ लगाएतका अतिथिहरुको उपस्थिति थियो, अतिथिहरुले खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि राजदुत शेर्पाले यति ठुलो र ब्यबस्थित खेल सम्पन्न गरेकोमा आयोजकलाई धन्यबाद दिदै यसले अस्ट्रेलिया भरिकै नेपालीहरुबीच आपसी चिनजान र भाइचारा बढाउन मद्दत पुग्नेमा आफु बिश्वस्त रहेको बताइन । आगामी दिनहरु मा यस्ता प्रतियोगितामा महिला दिदि बैनीहरु को पनि सहभागिता बढ्दै जावोस भन्ने आफ्नो शुभेच्छा रहेको पनि उनले बताईन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार