एनआरएनए भिक्टोरिया राज्य समितिको आयोजनामा अभिभावक वनभोज कार्यक्रम हुँदै


एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समितिको आयोजनामा अभिभावक वनभोज कार्यक्रम यही नोभेम्वर २६ तारिख आइतवारका दिन मेलबर्न्स्थित यान यियन रिजर्भियर पार्कमा हुँदैछ । आफ्ना छोराछोरीको दुःख सुख हेर्न होस्, उनीहरुको प्रगती र उपलब्धिको हिस्सा हुन होस् वा आफ्नो वंश, नातिनातिना खेलाउन होस्, यसरी अनेक तरिकाले अभिभावकहरु अष्ट्रेलिया आउने क्रम जारी नै रहेको छ । यसरी आउने क्रममा अभिभावकहरुको प्रायः जसो एक महिनादेखि एक वर्षसम्म लामो बसाईँ पनि हुने गरेको छ । अभिभावकहरुको विदेसीभूमि न धेरै आफन्त हुनु , न छिमेकीलाई राम्ररी चिन्नु, न यहाँको भाषा राम्ररी बुझ्नु र बोल्नु, केही समयसँगै बिताएपछि छोराछोरीहरुपनि कमाउन जानुपर्ने र अभिभावकहरु दिनभरी घरमा बसिरहनु पर्ने बाध्यता रहेको छ । यसरी धेरै समयसम्म बस्दा अभिभावकहरुमा नैराश्यकता आउनु र एक्लिनु स्वभाविक हुन्छ र एकदिनकै लागि भए पनि सबै अभिभावकलाई एउटै छानामूनी एउटा मिलनविन्दुमा गोलवन्द गरौँ भन्ने कुरालाई मध्यनजर गदै अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहनुभएका नेपाली अभिभावकहरुको जमघट र सम्मानमा यस वर्ष अभिभावक वनभोज कार्यक्रम आयोजना गर्न लागिएकाे हाे ।
यस निःशुल्क वनभोज कार्यक्रम एनआरएनए भिक्टारीयाको नयाँ कार्य समितिको पहिलो कार्यप्रस्तुती रहेको छ । विभिन्न खेल, हाजिरजवाफ प्रतियोगीता तथा अन्य विभिन्न मनोरन्जनात्मक सामाग्रीहरु पनि कार्यक्रममा समावेश गरिनेछ । त्यसकासाथै अभिभावकहरुलाई आफ्ना कथा सुनाउने र सुन्ने एउटा सुन्दर अवसर पनि प्रदान गरिनेछ । अभिभावकहरु सदैव जहाँ पनि सम्मानीय हुने, अभिभावकहरुबाट छोराछोरीले सदैव राम्रो कुरा र असल मार्गनिर्देशन पाउने तथा यहाँ जन्मेका बालबालिकाले आफ्नो हजुरबुबा हजुरआमाबाट पनि नेपाली भाषा र अन्य नेपाली सस्कृतिका ज्ञानज्ञुनको कुराहरु सिक्ने अवसर पाइरहने र तीनै हाम्रा प्रेरणा र  स्रोतका अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई मात्रै नभई सबैले सम्मान गर्नुपछ भन्ने हेतुले नै कार्यक्रमको आयोजना गरिएको एनआरएनए भिक्टाेरीयाका सचिव गौतम लामिछानेले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार