व्यस्त र तनाब पूर्ण दैनिकीका बिच समय ब्यतित गरेका हामी मध्ये धेरै चित सुद्द पर्दै शारीरिक ब्याम अर्थात परापुर्ब काल देखि समेत चल्दै आएको ‘योग’को बारेमा परिचित नभएका हुन सक्छौ। परिचित भए पनि बिबिध कारणले आफ्नो दैनिकीका बीच त्यसलाई न आपनाएका हुन सक्छौ । यसै क्रममा योगको महत्व र यसको फाईदाका एबम बैज्ञानिक पक्षका  बारेमा सबैलाई सचेत गर्दै सिड्नीको पेन्सह्रस्टमा संचालित ४५ दिने योग शिबिर अब अन्तिम दिन तिर आइपुगेको छ।
पतंजली योग समिति नेपालका सह – केद्रीय प्रभारी योग गुरु मदन राज पाण्डेको बिशेष उपस्थिति र उँहा कै निर्देशनमा संचालित हुदै आइरहेको यो ४५ दिने योग शिबिर अब करिब अन्तिम तिर आइपुगेको र यस बाट यस क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीहरु लाभान्वित भएको पेन्सह्रस्ट निबासी सिमा जोशी जोशीले बताइन ।  जोशीका अनुसार उक्त योग शिबिर प्रत्येक दिन बिहान ६. ३० सुरु भइ २ घण्टा सम्म चल्नेछ,पेन्सह्रस्टमा रहेको वोल्डस पार्क ( Olds Park Penshrust, 624 Forest Rd, Penshurst NSW 2222) मा संचालित यो शिबिर निशुल्क रहेको र ईच्छुक जो सुकैले पनि यसमा सहभागी भइ यसको फाइदा लिन सक्नेछन् ।
४५ दिनको शिबिर समाप्ति पश्चात पनि अर्को चरणको योग शिबिर यहि ठाउँमा नियमित रुपमा चल्नेछ । हाल पेन्सह्रस्टमा रहेको नेपालीहरुको संस्था पेन्सह्रस्ट नेपाली समाजका सदस्यहरु ले यस योग शिबिरलाई स्वयंसेवीको भुमिका निभाई रहनु भएको छ ।  यस योग शिबिर र भबिष्यमा निरन्तरता पाउने योग शिबिरका बारेमा थप जानकारी आबश्यक परेमा पेन्सह्रस्ट नेपाली समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठलाई 0432614284 मा सम्पर्क गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार