१६ अगस्तमा ब्ल्याकटाउन तीज मेला २०१९ हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन २०, २०७६

सिड्नीको पश्चिमी क्षेत्रमा पर्ने ब्ल्याक टाउन काउन्सिलमा बस्ने नेपालीहरुको साझा संस्था  ब्ल्याकटाउन नेपाली कम्युनिटी (बीएनसि) ले हिन्दु नारीहरु को चाड तीजको अवसर पारेर गत साल जस्तै यस पटक पनि तीज मेल २०१९ को आयोजना गर्दैछ ।  आउदो अगस्त १६ को साँझ ६ बजे देखि ११ बजे सम्म Bowman Hall Blacktown ( 36 Campbell st. Blacktown ) मा हुने उक्त तीज मेलामा नेपालबाट आएकी प्रतिभाशाली गायिका टिका प्रसाईले बिशेष प्रस्तुति दिनेछिन भने टिकालाई  धेरै मिठा मिठा र स्तरिय गीतले धेरैको मन जितेका हाम्रै प्रिय गायक सन्जिब पराजुलीले साथ दिनेछन् ।  कार्यक्रमको प्रवेश शुल्क ४० डलर तोकिएको छ भने,  पाँच बर्ष मुनिका निशुल्क र ६ देखि १५ बर्ष सम्मकाको लागि १५ डलर तोकिएको छ। कार्यक्रममा सहभागी भइ संस्कृतिक महत्वको तीज पर्ब संगै मनाउन संस्थाले यस क्षेत्रमा बस्ने सबै दाजुभाइ, दिदिबहिनीहरु लाई हार्दिक अनुरोध गरेको छु।