buddhaभगवान नारायणको नवौं अवतारको रुपमा गौतम बुद्ध आजभन्दा २५२७ वर्ष पहिले कपिलवस्तुका राजा शुद्धोधन । रानी माया देवीको कोखबाट आजकै दिनमा लुम्विनीको कपिलवस्तुमा जन्मनु भएको थियो ।

उहाँ जन्मेको सात दिनमा नै सात पाइला टेकेर हिड्नु भयो । त्यसैले गर्दा उहाँमा विलक्षण प्रतिभा भएको हँुदा बौद्ध धर्मको प्रवर्तकको रुपमा प्रख्यात हुनु भयो र असंख्य जनसमुदायलाई अहिंसाको मार्गमा अगाडि बढी आत्मज्योतिको दर्शन गर्दै कसरी निर्वाण प्राप्त गर्ने भन्ने बारेमा मार्ग निर्देशन प्रदान गर्नु भयो ।

गौतम बुद्धको विवाह यशोधरा राजकुमारी सँग भएको थियो । उहाँको एउटा छोरा राहुल पनि जन्म भएको छ । राज खाजखानदानको ऐस आराम जीवन विताउन छाडेर उहाँ निर्वाण प्राप्त गर्ने मार्गमा लाग्नु भयो । उहाँले बौद्ध गयाको पीपलको वृक्षमा ध्यानमा मग्न भै त्यहीबाट ज्ञान प्राप्त गर्नु भयो । उहाँको बौद्ध धर्म सम्वधी ग्रन्थलाई त्रिपिटक भनिन्छ ।

आज संसार भर बौद्ध धर्मका असंख्य अनुयायीहरू छन् र उहाँले देखाउनु भएको मार्गमा अगाडि बढी आँफू तथा लोकको कल्याणमा समर्पित हुनु भयो । उहाँको उपदेशलाई चार आर्य सत्यहरूमा बँँधिएका छन् । ती मध्ये प्रथम आर्य सत्य हो, दु:ख अर्थात यो संसार दु:ख मय छ । दोस्रो आर्य सत्य हो, दु:ख समुदाय एवं दु:खहरूको कारण । तेस्रो आर्य सत्य हो दु:ख निरोध अर्थात दु:खहरूको अन्त्य हुन्छ । चौथो आर्य सत्य हो दु:ख निरोध मार्ग अर्थात दु:खहरूको नाश गर्ने मार्ग ।

उहाँका अनुसार अधिद्या नै दु:खको मूल कारण हो । अविद्याको नाश हुनाले संस्कारको अन्त्य हुनेछ । यसरी जब दु:खको कारणहरूको नै नाश हुनेछ तव स्वत: नै दु:खको अन्त्य हुनेछ । बौद्ध धर्ममा यही दु:ख निरोध नै निर्वाण हो । निर्वाणको प्राप्त नै बौद्ध धर्मको परम लक्ष्य हो ।

यो दु:खहरूलाई नाश गर्ने अथवा निर्वाण प्राप्त गर्ने मार्ग पनि छ । जसलाई दु:ख निरोधको मार्ग भनिन्छ । जसलाई अष्टागिक मार्गहरू भनिन्छ ।

१. सम्यक दृष्टि :–

अविद्या अथवा अज्ञानको कारण मनुष्यमा मिथ्या दृष्टि उत्पन्न हुने गर्दछ । जसको कारण यथार्थ ज्ञान प्राप्त हुँदैन । तर जव मनुष्यको शरिर, मन र वाणिबाट यथार्थ रुपमा ज्ञान प्राप्त गर्दछ । त्यो स्थितीलाई सम्यक दृष्टि भनिन्छ । राम्रो नराम्रो कर्महरूको बारेमा जानकारी हाँसिल गरी समुचित मार्गलाई अप्नाउनु नै सम्यक दृष्टि हो ।

२. सम्यक संकल्प : –

सांसारिक विषयहरूको आशक्ति अरुप्रति द्धेष भाव तथा हिंसालाई दृढ निश्चयका साथ त्याग गरिदिनु नै सम्यक संकल्प हो ।

३. सम्यक वाक : –

सत्य बोल्नु, प्रिय बोल्नुलाई सम्यक वाक भनिन्छ । कसैको निन्दा नगर्नु, कष्ट पुग्ने वचन तथा वाणी नबोल्नु, विना कारण बोलिरहनु आदि सबै सम्यक वाक हो ।

४. सम्यक कर्मान्त :–

निर्वाण प्राप्तिको लागि नराम्रा कर्महरूको त्याग गर्न जरुरी छ । यी नराम्रा कर्महरू तीन प्रकारका छन् । हिंसा, स्नेह र इन्द्रिय – भोग । यी तीनै कर्महरूको प्रतिकूल अहिंशा, अस्तेय (चोरी नगर्नु, कसैको बस्तु नलिनु) र इन्द्रिय–संयमलाई सम्यक कर्मान्त भनिन्छ ।

उहाँले भिन्न भिन्न प्रकारका व्यक्तिहरूको लागि अलग अलग प्रकारका कर्महरू गर्ने उपदेश दिनुभएको छ । जस्तै गृहस्थ जीवनको लागि, सन्यासीको लागि र भिक्षुहरूको लागि ।

५. सम्यक आजिविका :–

इमान्दारीपूर्वक जीविकोपार्जन गर्नु नै सम्यक आजिविका हो । उहाँका अनुसार जीवन निर्वाहको लागि पवित्र मार्गको अनुशरण गर्नु पर्दछ । न कि अशुभ र अपवित्र मार्गहरूको । सम्यक कर्म गर्नेहरूले कहिलेकाहीँ जीवन निर्वाहको लागि अनुचित मार्गहरूलाई अप्नाउन सक्दछन् । अत: बुद्धले सम्यक आजिविकामाथि जोड दिनुभएको छ । ताकि सम्यक कर्मान्तको पालना हुन सकोस् ।

६. सम्यक प्रयत्न :–

कहिले काहीँ व्यक्ति पूर्व आर्जित कू–संस्कारहरूको कारण आफ्नो मार्गबाट भट्किन सक्छ तथा उसको हृदयमा नराम्रा भावहरूको जन्म हुन सक्दछ । त्यसैले उहाँले सतत नियन्त्रणको अभ्यास माथि जोड दिनु भएको छ ।

पुराना गलत भावहरू मनमा नआउन नराम्रा भावहरू उत्पन्न पनि नहुन मन साथै राम्रा विचारहरूले पूर्व होस तथा सदैव राम्रा विचारहरूलाई धारणा गरौं यही नै सम्यक प्रयत्न हो ।

७. सम्यक स्मृति :–

जुन कुराको ज्ञान भैसक्यो त्यसलाई बारम्बार आफ्नो सम्झना बनाई राख्ने प्रयास गरिरहनु पर्दछ । जसको यथार्थ ज्ञान भैसक्यो त्यसलाई कहिल्यै विर्सिनु हुँदैन ।

८. सम्यक समाधि :–

चितलाई, मनलाई एकाग्र गर्दछ, त्यस अवस्थालाई उहाँले समाधि भन्नु भएको छ । चितको मनको खराब भावहरू समप्त गर्दछ भने उसले सम्यक समाधि प्राप्त गर्दछ ।

बौद्ध धर्म अनुसार सम्यक समाधिका चार अवस्थाहरू छन् । पहिलो विचारहरूलाई बाँधेर बैराग्यको अनुभूति गर्दछ । दोस्रो विचारको द्धन्द समाप्त भएर शान्ति तथा आनन्दको अनुभव गर्दछ । तेस्रो आनन्दको मोह पनि समाप्त भएर आनन्द प्रति पनि उदासिन हुन्छ । चौथो देहको सुख, आनन्द या शान्तिको पनि अनुभव हुँदैन ।

यस अवस्थामा चितको सम्पूर्ण वृतिहरू पूर्ण रुपले निरोध भएर जान्छन् । सम्पूर्ण दु:ख तथा द्धन्दहरू समाप्त भएर जान्छन् ।

यही त्यो अवस्था हो जसलाई बौद्ध धर्ममा निर्वाण भनिएको छ । चतुर्थ आर्य–सत्य दु:ख निरोधको मार्ग यही हो । यही मार्ग अगाडि बढेर भगवान बुद्धले निर्वाण प्राप्त गर्नु भएको थियो ।

यस अष्टाङ्गिक मार्गलाई पनि प्रज्ञा, शिल र समाधिमा विभाजित गरिएका छन् । सम्यक दृष्टि तथा सम्यक संकल्प दुवै प्रज्ञा अन्तर्गत पर्दछन् । त्यस्तै सम्यक वाक, सम्यक कर्मान्त, सम्यक आजिविका र सम्यक प्रयत्न गरी यी चारै शिल अन्तर्गत पर्दछन् । सम्यक स्मृति र सम्यक समाधि चाहीँ समाधि अन्तर्गत पर्दछन् । सम्यक स्मृति र सम्यक समाधि प्राप्त भएपछि मात्र निर्वाण प्राप्त हुन सक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार