अष्ट्रेलियामा नेपाली कति धनी, कति गरिब ?

  • समग्रमा व्यक्तिगत रुपमा हामी जति धनि भए पनि सामुदायिक रुपमा हामी गरिब नै छौ किन कि अष्ट्रेलियामा आउँदो पुस्ताले हामी प्रति गर्ब गर्ने त्यस्तो कुनै उल्लेखनीय कार्य गर्न अझै सकेका छैनौ ।

  • सिड्नीको उत्तर पश्चिम स्थित मार्सडेन पार्क रिचमण्ड रोडको साइडमै करिब २३ एकड क्षेत्रफलमा फैलिएको धार्मिक र सामुदायिक झलक दिने दुर्ई वटा भवनहरू देखिन्छन् । यो बाइतुल हुँदा मस्जिद भवन सिड्नीमा रहेका अल्पसंख्यक अहमदिया मुस्लिम समुदायले बनाएको बहुआयामिक महत्वको भवन हो । गत मार्च ५ तारिखका दिन योगी चिन्तामणिको प्रवचनमा सहभागी बन्ने शिलशिलामा पंक्तिकार ति दुई भवन मध्ये एकको हलमा प्रवेश गर्ने मौका मिलेको थियो, जहाँ “Art Of Life” सम्बन्धी प्रवचन तथा अन्तरक्रिया राखिएको थियो । प्रवचन सुन्नकै लागि त्यहाँ पुगे पनि मूल गेटबाट छिरेपछि त्यो हल भित्र बसुन्जेल मेरो मन स्थिर हुन सकेन, थुप्रै कुराहरू मनमा खेलिरहे, यो भवन बनाउन कति पैसा लाग्यो होला ? कहिले किने होलान् ? कसरी किने होलान् ? यो अभियानको सुरुवात कसले गर्यो होला ? हामी नेपालीहरू पनि यस्तै हलमा कार्यक्रम गर्न कहिले सक्षम हुन्छौं होला ? यस्तै यस्तै । जब करिब साढे दुई घण्टा पश्चात अहमदिया मुस्लिम समुदायका एक सक्रिय सदस्य ‘साम’ जुन मेरा पूर्व परिचित साथी पनि थिए र उनीसंग भलाकुसारी गर्ने मौका मिल्यो ।

    उनको समुदायको विविध पक्षका बारेमा म संग धेरै प्रश्नहरू तछाड मछाड गर्दै थिए । र उनका उत्तरहरूले मलार्ई एक पछि अर्को गरि कता कता आत्मग्लानी र लघुताभास महशूस भैरहेको पनि थियो । उनले थप्दै गए यो हलमा जम्मा ८०० जना अट्छन् र ऊ त्यो परको बिल्डिङमा अर्को यो भन्दा ठूलो हल छ जहाँ १२०० जना सजिलै ब्यबस्थापन गर्न सकिन्छ । यस्ता मस्जिदहरू अष्ट्रेलियाको अरु चार राज्यहरूमा पनि बनाइसकेको उनीहरूले जानकारी दिए । मैले सोचे यती धेरै पूर्वाधार निर्माण गर्न सक्ने समुदाय पक्कै पनि ठुलै संख्यामा होला, धेरै पहिले नै अष्ट्रेलियामा सेटल भएको समुदाय होला भन्ने सम्झी केहि थप प्रश्नहरू सोधीहाले । सामुदायिक रुपमा अहमादियाहरूको अष्ट्रेलिया उपस्थिति १९८० को दशकमा मात्र सुरुभएको रहेछ र अष्ट्रेलिया भरि अहमदिया मुस्लिमहरूको संख्या पुगनपुग ६ हजारको संख्यामा मात्र रहेछ । अनि यती ठूलो प्रोजेक्ट कसरी सम्भव भयो त ? के सरकारले तपाईहरूलार्ई जग्गा दियो ? अनि केहि अनुदान पनि दियो कि ? उनले थपे, “होइन हामीले सरकारबाट केहि पनि लिएका छैनौं, उनको जवाफ थियो । प्रत्येक अहमदिया मुस्लिम सदस्यले आफ्नो आम्दानीको कम्तिमा २० प्रतिशत सामुदायिक कार्यको लागि छुट्याउनु पर्दो रहेछ । त्यसको अतिरिक्त श्रमदान र स्वयंसेवा उनीहरू संधै मन खोलेरै आफ्नो समुदायलार्ई सहयोग गर्दा रहेछन् र अष्ट्रेलियामा गरिने थुप्रै स्वयंसेवी कार्यहरूमा पनि उनीहरू अग्र पंक्तिमै पर्दा रहेछन् । थोरै मात्र खोज गर्दा पनि अष्ट्रेलियामा रहेका दक्षिण एसियन आप्रवासी समुदायमा अहमदिया र पंजावी समुदाय संगठित, सबल र अनुशासित समुदायमा पर्ने रहेछन् ।

    अहमदियाहरूको उल्लेखनीय कार्यको कुरालार्ई एकछिन थाती राखेर हाम्रो समुदाय तिर एक नजर लगाउन मन लाग्यो । नेपालीहरूको अष्ट्रेलिया झर्ने क्रम करिब ७० को दशक तिर सुरु हुन्छ । करिब ९० सम्म यो संख्या नगन्य थियो भने ९० को सुरुतिर नेपालमा राजनैतिक खुलापन संगै नेपालीहरू बिदेश तिर लाग्ने क्रम बढ्दै जाँदा अष्ट्रेलिया पनि अछुतो रहन सकेन । त्यतिबेला देखिनै नेपालीहरूको अष्ट्रेलिया आउने क्रम बढ्न थाल्यो बिशेष गरि अध्ययनको सिलसिलामा । अध्ययन तथा शीपमूलक भिसामा आउने र अष्ट्रेलियामा स्थाई बसोबासको चाँजो पाजो मिलाउनेहरूको संख्या सन् २०१० सम्म आइपुग्दा करिब ५० हजारको हाराहारीमा रहेको अनुमान छ भने हाल सिड्नी मेट्रो भित्रै करिब ५० हजार नेपालीहरूको बसोबास रहेको सजिलै अनुमान लगाउन सकिन्छ भने अष्ट्रेलिया भरि करिब एक लाख नेपाली रहेको अनुमान छ र यो क्रम द्रुततर गतिमा बढ्दो पनि छ । हाल अष्ट्रेलिया सरकारले नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया आउने बिद्यार्थी भिषामा थप सजिलो बनाएको ले पनि अहिले नेपाली आप्रवासीहरूको संख्या उलेख्य रहेको देखिन्छ ।

    नेपालीहरू अन्य समुदायको तुलनामा शिक्षित र गतिशिल भएको आँकडा पनि निकालेको छ । तर यसरी नयाँ र द्रुत रुपमा अगाडि बढ्दै गरेको नेपाली समुदायले आफ्नो पहिचान जीवन्त राख्नको लागि निभाउनु पर्ने भूमिका के हो ? भन्ने कुरामा हामी अझै सम्बेदनशील हुन सकिरहेका छौं जस्तो लाग्दैन ।

    सरकारले एउटा सामाजिक सन्तुलन मिलाउने नीति अनुसारनै बहुसांस्कृतिक अष्ट्रेलियामा नेपालीहरूको संख्यामा केहि वृद्धि गरेको हुन सक्छ । तदनुरूप नै यहाँ नेपालीको संख्यात्मक र गुणात्मक रुपमा वृद्धि भएको हो । उच्च शैक्षिक योग्यता हा“सिल गरेका र कम बेरोजगार रहेको समुदायको रुपमा नेपाली समुदाय अग्रपंक्तिमा नै पर्छ । अष्ट्रेलिया सरकारले त आफ्नो मिश्रित बहुसांस्कृतिक समाजलार्ई सन्तुलित गर्ने नीति लिदै नेपाली आप्रवासीहरूलार्ई स्वागत गरेको हो । नेपालीहरू अन्य समुदायको तुलनामा शिक्षित र गतिशिल भएको आँकडा पनि निकालेको छ । तर यसरी नयाँ र द्रुत रुपमा अगाडि बढ्दै गरेको नेपाली समुदायले आफ्नो पहिचान जीवन्त राख्नको लागि निभाउनु पर्ने भूमिका के हो ? भन्ने कुरामा हामी अझै सम्बेदनशील हुन सकिरहेका छौं जस्तो लाग्दैन । आज थुप्रै नेपालीहरूले आर्थिक, सामाजिक, राजनीतिक र व्यबसायिक क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका छन् । यो उनीहरूको नितान्त व्यक्तिगत प्रगति र उन्नति हो । तर सामाजिक पहिचानका लागि हामीले के त्यस्तो सामूहिक प्रगति गर्न सकेका छौ ? गैर नेपालीहरूले अष्ट्रेलियामा नेपाल र नेपाली समुदायलार्ई कसरी चिन्ने ? त्यस्तो खालको कुनै सामुहिक र सामाजिक पूर्वाधार हामीले अहिलेसम्म केहि पनि बनाउन सकेका छैनौ । नेपाली सामुदायिक भवन, नेपाली मन्दिर जस्ता अबधारणा आएका छन् त्यसमा पनि समुदायको बृहत सहभागिता अझै देख्न सकिएको छैन । सिड्नी सेरोफेरोमा हामीहरू इटालियन क्लब, रसियन क्लब, पोलिस क्लब टर्किस क्लब, कोरियन सामुदायिक केन्द्र आदि आदि थुप्रै ठाउँहरूमा बिहे, ब्रतबन्ध, पास्नी र जन्मदिन मनाइसकेका छौं । यी मध्ये केहि त उनीहरूको अघिल्लो पुस्ताले बनाएर छोडिदिएको थियो । ति समुदायका नयाँ पुस्ता आफ्ना अग्रजहरूको योगदानको कथा ति भवनहरूमा गएर पढछन् र गर्ब गर्दछन् । तर हामीले हाम्रो पुस्तालाई यो अवसर दिने कि नदिने ?

    जहा“ छ हजार भन्दा सानो समुदायले यती ठूला पूर्वाधारहरू बनाएर आफ्नो मात्रै होइन अन्य समुदायहरू लार्ई पनि सेवा प्रदान गर्न सक्छ, बहु संस्कृतिक समाजमा आफु स्थापित हुदै गर्दा आफ्नो समुदायलाई पनि परिचित गराउने र आउँदो पुस्तालाई सम्झन योग्य काम गरेर जान्छन् भने हामी करिब एक लाख र त्यसमा पनि उच्च गुणस्तरीय र शीपयुक्त मानिएको नेपाली समुदायले किन यतातिर खासै प्रगति गर्न सकेको छैनौ भन्ने कुरा आज अष्ट्रेलियामा बस्ने प्रत्येक नेपालीले गम्भीर भएर सोच्नु पर्ने देखिन्छ । हाम्रो समुदायको आकार र गुणस्तर हेर्दा कुनै पनि काम असम्भव देखिन्न नेपाली समुदायमा तर यसको लागि उत्तरदायी नेतृत्व र प्रभावकारी अभियानको खाँचो भने पक्कै खड्किएको छ ।

    हाम्रो उदार दिल र सकारात्मक सोचलाई एउटा दीर्घकालमा सबैले देख्ने, महशूस गर्ने र आउँदो पुस्ताले गर्व गर्ने कार्य एउटा महान कार्यको सुरुवातको लागि कसै न कसैले गर्नै पर्छ । कम्तिमा पनि एक दशक भित्र प्रत्येक राज्यका मुख्य सहरहरूमा एउटा सामुदायिक भवन र धर्मिक तीर्थस्थलको निर्माणकालागि जुझारु भएर हामी जुट्नै पर्छ ।

    हामीले ख्याल राख्नु पर्नेछ कि कुनै पनि समाजमा व्यक्ति धनी हुँदैमा पुरै समाजको इज्जत र सम्मान बढ्ने होइन । जबसम्म समाजलाई सामूहिक रुपमा चिनाउने पूर्वाधारहरू बन्दैनन् त्यहाँ व्यक्तिगत उन्नति र प्रगतिले केहि अर्थ राख्दैन र त्यो समुदाय सामाजिक रुपमा गरिब नै रहन्छ । किन कि ऊ कुनै पनि सामाजिक, सांस्कृतिक र सामुदायिक कार्यक्रम गर्नुपर्दा अरु समुदायको ढोका ढकढक्याउन बाध्य हुनुपर्नेछ ।

    अष्ट्रेलियामा स्थाई बसोबास अनुमति भएका र नागरिकता लिएका नेपालीहरूलार्ई हेर्ने हो भने यहाँ कोहि भन्दा कोहि कम छैन । तर हामी आफ्नै व्यक्तिगत प्रगतिको होडवाजीमा लाग्दै गर्दा आफ्नो जीवन पर्यन्तका लागि यो समाजमा हामीले के छोडेर जाँदैछाैं ? आउँदो पुस्तालाई तिनका पूर्खाको पौरख र चिनो के छोडेर जादै छौं ? वा हामीले कमाएको धन दौलत आंफै लिएर जादै छौं ? समग्रमा व्यक्तिगत रुपमा हामी जति धनि भए पनि सामुदायिक रुपमा हामी गरिब नै छौ किन कि अष्ट्रेलियामा आउँदो पुस्ताले हामी प्रति गर्ब गर्ने त्यस्तो कुनै उल्लेखनीय कार्य गर्न अझै सकेका छैनौ ।

    नेपालीहरू इमान्दार छन्, मनकारी अनि परोपकारी पनि छन् । लाउन, खान र कसैलार्ई सहयोग गर्न पर्यो भने दिल खोलेरै गर्छन् । २०१५ को महाभूकम्प जाँदा स्वतःस्फूर्त रुपमा करिब ११ लाख डलर अष्ट्रेलियाबाट उठेको थियो जुन अधिकांस नेपालीहरूबाटै वा नेपाली कै पहलमा भएको थियो । त्यो मात्र होइन मेलबर्नमा हालै आयोजना गरियको मःम फेस्टिवलमा लाप्राक बस्ती निर्माण सहयोगको लागि करीब ६ हजार डलर गोल्ड कोइन नै जम्मा भएको थियो । हाम्रो उदार दिल र सकारात्मक सोचलाई एउटा दीर्घकालमा सबैले देख्ने, महशूस गर्ने र आउँदो पुस्ताले गर्व गर्ने कार्य एउटा महान कार्यको सुरुवातको लागि कसै न कसैले गर्नै पर्छ । कम्तिमा पनि एक दशक भित्र प्रत्येक राज्यका मुख्य सहरहरूमा एउटा सामुदायिक भवन र धर्मिक तीर्थस्थलको निर्माणकालागि जुझारु भएर हामी जुट्नै पर्छ । यस्ता स्मारकहरूले आउँदो सयौं वर्षसम्म बहुसांस्कृतिक अष्ट्रेलियामा नेपाली पहिचान र आफ्ना पूर्वजहरूको धरोहरका रुपमा रही रहने छन् । त्यति बेला हामी आर्थिक मात्र होइन सामाजिक र सांस्कृतिक रुपमा पनि एउटा धनीसमुदायको रुपमा चिनिने छौ । यो कठिन होला तर सम्भव छ । यसका लागि सहि योजना र उद्देश्य लिएर अगाडि बढ्नु पर्नेछ, नेपाली समुदायको हात, साथ र सहयोग अवस्य नै हुनेछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार