अनिल गिरिको ‘सुस्तरि…. ” सार्बजनिक 

भिडियो सहित
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०७७

नेपाल आइडल २०१७ को टप ५ मा रहेकी कर्णप्रिय स्वरकी धनि गायिका सुजाता पाण्डेको स्वर र शब्दमा रहेको ‘सुस्तरि…. ”  बोलको मिठो गीतलाई प्रतिभावान युवा निर्देशक अनिल गिरिले हालै म्युजिक भिडियो सहित सार्बजनिक गरेका छन्।

एजी फिल्मस् अष्ट्रेलियाको ब्यानरमा निर्मित यस म्युजिक भिडियोमा बिदेशी कलाकार भिक्टोरिया मान्त्यनको शसक्त अभिनय देख्न सकिन्छ भने, भिक्टोरियालाई उनको पार्टनरको रुपमा उनै अनिल गिरिले साथ दिएका छन् । प्रतिक थापाको संगीतमा रहेको यस गितको छयांकन अष्ट्रेलियाको मेलबर्न वरपर गरिएको हो।

यस अगाडी पनि विभन्न विधाका म्युजिक भिडियो र शर्ट मुभी निर्माण गरिसकेका अनिलले यस गितको शब्दलाई न्याय हुने गरि छयांकन गरि म्युजिक भिडियो श्रोता/दर्शक सामु ल्याउन पाएकोमा प्रसन्नता व्यक्त गर्दै, सल्लाह र सुझाबको अपेक्षा गरेका छन्।

भिडियोको लागि-