रहेनन् कपि–पेष्टका निर्माता

सुरुवाती कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । अधिकांश मानिसको पहुँचबाट कम्प्युटर टाढा रहेको समयमा ल्यारीले सन् १९६० को शुरुवातदेखि सिलिकन भ्यालीमा काम गर्न सुरु गरेका थिए । उनले नै कम्प्युटरको लोकप्रिय कमान्डहरु ‘कट’, ‘कपी’ तथा ‘पेस्ट’ को निर्माण गरेका थिए, जसले गर्दा व्यक्तिगत कम्प्युटर सिक्न र प्रयोग गर्न सजिलो भएको थियो । टेस्लरले अधिकांश समय काम गरेको ‘जेरक्स’ कम्पनीले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ‘कट, कपी र पेस्ट, फाइन्ड एण्ड रिप्लेस लगायतका आविष्कारक जेरक्सका पूर्व अनुन्धानकर्ता ल्यारी टेस्लर थिए,’ कम्पनीले भनेको छ— ‘तपाईंले गर्ने दैनिक काम उनकै क्रान्तिकारी विचारले सजिलो बनेको छ ।’ टेस्लरको जन्म सन् १९४५ मा अमेरिकाको न्युयोर्कमा भएको थियो । उनले क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । विश्वविद्यालयबाट स्नातक उत्तिर्ण गरेपछि उनले आफ्नो जीवन कम्प्युटर सिस्टमको प्रयोगलाई सहज बनाउनमा बिताएका थिए । उनले लामो समय जेरोक्स कम्पनीमा काम गरे भने १७ वर्ष एप्पल कम्पनीमा मुख्य वैज्ञानिको रुपमा पनि काम गरे । त्यस्तै, एमाजन र याहूमा पनि उनले केही समय काम गरेका थिए ।

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

आजको हाम्रो नेपाल भन्ने देशको आधुनिक एकीकृत स्वरुपको थालनी गर्ने महापुरुष थिए...

कुरो प्रजातन्त्रको हो । नोभेम्बर ३ ,२०२०मा भएको संयुक्त राज्य अमेरिकाको निर्वाचन...

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

‘जीवनरेखा’ फिल्ममा अम्बर गुरुङले गाएजस्तो प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भुमरीमा फस्दै...