अन्तत: माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर बन्द गर्ने

कुनै समयको वेब ब्राउजरको बादशाह इन्टरनेट एक्सप्लोरर अन्तत: बन्द हुने भएको छ । सन् २०२१ को अगष्ट २१ देखि इन्टरनेट एक्सप्लोरर औपचारिक रुपमा बन्द हुने माइक्रोसफ्टले जनाएको छ । एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्ट टिम्सको वेब एपले आगामी नोभेम्बर ३० देखि नै इन्टरनेट एक्सप्लोरर सपोर्ट नगर्ने समेत जानकारी उसले दिएको छ । अन्य माइक्रोसफ्ट ३६५ एप तथा सर्भिसहरुले पनि आगामी वर्षदेखि उक्त ब्राउजरका लागि सपोर्ट बन्द गर्ने ब्लगपोष्टमा उल्लेख छ । माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररलाई माइक्रोसफ्ट एजबाट विस्थापन गराउनेछ । माइक्रोसफ्ट एज गुगलको क्रोमियम ओपन सोर्स सफ्टवेयरमा आधारित रहेको छ । सोही कारण माइक्रोसफ्ट एजमा एक्सप्लोररको तुलनामा धेरै फिचरहरु उपलब्ध छन् । यसका लागि क्रोमियम प्रयोग नभएका माइक्रोसफ्टका पुराना भर्सनहरु सन् २०२१ को मार्च ९ देखि अन्त्य गरिनेछ । अहिलेपनि धेरै वेबसाइट र एप्लिकेसनहरुले इन्टरनेट एक्सप्लोरर प्रयोग गरिरहेको परिप्रेक्ष्यमा माइक्रोसफ्टले आफ्ना दुई ब्राउजरहरु एकसाथ सक्रिय नहोउन् भन्ने प्रयत्न गरिरहेको छ । स्मरण रहोस् इन्टरनेट एक्सप्लोरर तथा नन क्रोमियम ब्राउजर बन्द गर्ने योजना माइक्रोसफ्टले धेरै अगाडिदेखि नै अघि सारेको थियो । इन्टरनेट एक्सप्लोररको ८, ९ र १० औं संस्करण सन् २०१६ मै बन्द गरिएको थियो । त्यसको एक वर्षअघि अर्थात् सन् २०१५ मा माइक्रोसफ्टले एज ब्राउजर ल्याएको थियो । हाल क्रोमियम ओपन सोर्स भएका ब्राउजरमा गुगल क्रोमसँगै माइक्रोसफ्ट एज, ब्रेभ, विवाल्डी, एभास्ट सेक्योर ब्राउजर तथा ओपेरा लगायतका ब्राउजहरु रहेका छन् । यसको अर्थ अब इन्टरनेट ब्राउजरमा कुन फिचर विकास गर्ने भन्ने कुराका लागि गुगलमै भर पर्नुपर्ने भएको छ ।

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

आजको हाम्रो नेपाल भन्ने देशको आधुनिक एकीकृत स्वरुपको थालनी गर्ने महापुरुष थिए...

कुरो प्रजातन्त्रको हो । नोभेम्बर ३ ,२०२०मा भएको संयुक्त राज्य अमेरिकाको निर्वाचन...

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

‘जीवनरेखा’ फिल्ममा अम्बर गुरुङले गाएजस्तो प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भुमरीमा फस्दै...