भाइबर बित्तिय प्रविधितर्फ अग्रसर

भाइबरले सेवा प्रारम्भको एक दशक पुगेको अवसरमा भाइबरले आफ्नो सेवा अब वित्तीय प्रविधि (फिनटेक) तर्फ पनि विस्तार भएको घोषणा गरेको छ । त्यसका लागि भाइबरले विद्यमान मेसेजिङ्ग प्रणालीहरुको मुख्य विशेषतामा नयाँ च्याटबट पेमेन्ट शुरुवात गरेको छ । अब भाइबरका प्रयोगकर्ताहरुले यो प्लेटफर्मको उपयोग सामानहरु किन्न तथा सेवा वापतको भुक्तानी गर्न पनि सक्नेछन्, जसको लागि प्रयोगकर्ताले गुगल पेमेन्ट अथवा स्थानीय मोबाइल वालेटको सहायता लिनु पर्नेछ । यस कदमले भाइबरको बढोत्तरीलाई मेसेजिङ्गभन्दा अघि बढाएर एक महत्वपूर्ण कोसेढुंगा नै कायम गरेको छ । यस सेवाको शुभारम्भ युक्रेनबाट गरिने छ र २०२१ सम्म अन्य बजारहरुमा पनि पुर्याउने योजना भाइबरको रहेको छ । यसका लागि कम्पनीले उत्कृष्ट गोपनीयता सुरक्षणका मापदण्डहरुद्वारा रेखाङ्कित गरेर, आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरुको आवश्यकताहरुलाई पूर्ति गरिदिने एण्ड–टु–एण्ड प्लेटफर्मको विकास गरेको छ । २०१७ को प्रारम्भमै ६४ प्रतिशत युवापुस्ताहरुले मेसेजिङ्ग एपहरुमा पि–टु–पि ट्रान्सफरमा आफ्नो रुची व्यक्त गरेका थिए । माहामारीका कारणले यो संख्यामा अझ तिव्र वृद्धि भएको छ । भाइबरले यो आवश्यकतालाई महसुस गरेर आफ्नो सेवालाई उपयोगीताहरुतर्फ विस्तार गरी प्रयोगकर्ताको गोपनीयता संरक्षणमा जोड दिंदै फिनटेक डिजिटल पेमेन्टे तर्फ अघि बढेको छ । भाइबरको च्याटबट पेमेन्ट फिचरले प्रयोगकर्ताहरुलाई उनीहरुको आधिकारिक च्याटबटमार्फत सामानहरु तथा व्यापारीहरुको सेवा सुरक्षित एवं सिधै खरीद गर्न सक्षम गराउनेछ । यदि प्रयोगकर्ताको बैंकले समर्थन गरेमा प्रयोगकर्तालाई उनीहरुको स्थानीय स्मार्टफोन वालेटमा क्रेडिट वा डेबिट कार्ड जोडि भुक्तानीका विकल्पहरु भाइबरको स्थानीय च्याटबट एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआई) मा बनेको कुनैपनि च्याटबटको लागि उपलब्ध हुनेछ । नेपालमा भने भाइबरले देशकै सबैभन्दा ठूलो ई–वालेट ट्रान्सफर प्लेटफर्म ई–सेवासंग साझेदारी गरी ई–सेवाको आफ्नो कम्युनिटी र फेस्टिभ स्टिकरप्याक ल्याएको छ र ई–सेवासंगै एक विषेश साझेदारी पनि भाइबरले चाँडै नै गर्ने जनाएको छ ।

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । ...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

अध्ययन, रोजगार र सुखद भविष्य खोज्दै अहिले ग्लोबभरि छरिएका नेपालीहरू को इतिहास...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

देश लामो समय पछाडि राजनीतिक स्थिरतातिर उन्मुख हुँदै थियो । लोडसेडिङ्गको समस्या...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...