३ महिनमा गुगलले आम्दानी कति ?

विश्वव्यापी कोभिड–१९ महामारी, कम्पनीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा खेप्नुपरेको अवस्था र सेन्सरसिपको आरोप विश्वको बढ्दो संघर्षका बीच गुगलको आम्दानी भने बढिरहेको छ । अमेरिकी कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटले सन् २०२० को तेश्रो त्रैमासिकमा ४६ अर्ब १७ करोड अमेरिकी डलर आम्दानी गरेको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा गुगलले आफ्नो आम्दानीमा महत्वपूर्ण वृद्धि कायम गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा भन्दा गुगलले यो पटक गुगलको आयमा १४ प्रतिशतले बढोत्तरी भएको छ । साथै गुगलले यो अवधिमा ११ अर्ब २० करोड डलर खुद आय गर्न सफल भएको छ । गुगल तथा अल्फाबेटका सीईओ सुन्दर पिचाइले एक वक्तव्यमा गत त्रैमासिक कम्पनीका लागि निकै सबल रहेको भन्दै यो सफलता आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रविधिमा गरिएको गहन लगानीको परिणाम भएको बनाएका छन् । गुगलले सार्वजनिक गरेको त्रैमासिक रिपोर्टले त्यसअघिको कम्पनीको निरासाजनक त्रैमासिकलाई समेत बिर्साएको छ । सन् २०२० को दोश्रो त्रैमासिकमा गुगलको विज्ञापन आयमा पहिलोपटक गिरावट आएको थियो । जबकि तेश्रो त्रैमासिकमा गुगलको विज्ञापन आयमा अघिल्लो वर्षको सोही त्रैमासिकको अवधिमा १० प्रतिशतले वृद्धि भएको छ । जसमा गुगल सर्च विज्ञापन आयमा ६.५ प्रतिशत र युट्युब विज्ञापन आयमा ३२ प्रतिशतले वृद्धि भएको छ ।

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । ...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

अध्ययन, रोजगार र सुखद भविष्य खोज्दै अहिले ग्लोबभरि छरिएका नेपालीहरू को इतिहास...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

देश लामो समय पछाडि राजनीतिक स्थिरतातिर उन्मुख हुँदै थियो । लोडसेडिङ्गको समस्या...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...