नेपाली म्युजिक भिडियो निर्देशक असिफ शाहले नेपालमा पहिलो पटक ३ सय ६० डिग्रीको प्रविधिमा आधारित म्युजिक भिडियो तयार पारेका छन् । गायकको रुपमा समेत स्थापित भैसकेका शाहले आफ्नै गीत ‘पहिलो माया’ को म्युजिक भिडियोलाई नौलो प्रविधिमार्फत दर्शकमाझ ल्याएका हुन् । उक्त भिडियोलाई ल्यापटप, कम्प्युटर, मोबाइल अथवा अन्य डिभाइसमा जता क्लिक गर्‍यो, त्यतैतिरको दृश्य देखिन्छ । त्यसैले यसलाई प्राविधिक रुपमा ३ सय ६० डिग्री भिडियो भनिएको हो । यसबाहेक जुन एंगलबाट हेर्दा पनि उस्तै देखिने भएकाले यसलाई ३ सय ६० डिग्री भिडियो भनिएको हो । नेपालमा यो नै पहिलो ३ सय ६० भिडियो भएको बताइएको छ । यो भिडियो हेर्ने क्रममा भीआर ग्लास अथवा त्यस्तै प्रकारका भर्चुअल डिभाइस प्रयोग गर्दा आफू नै त्यही पुगेजस्तो अनुभव हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रोबोटबाट यौन सुख

/बुध, भदौ १४, २०७४