Llinkedinव्यवसायिक सोसल नेटवर्किङ सायट लिंक्डइनलाई माइक्रोसफ्टले किन्ने भएको छ । ४ सय मिलियनभन्दा बढी प्रयोगकर्ता रहेको लिंक्डइन माइक्रोसफ्टले २६ दशमलव २ बिलियन डलरमा खरिद गर्न लागेको हो । माइक्रोसफ्टले अहिलेसम्म गरेका कारोबारमध्ये यो सबैभन्दा ठूलो हो । यो कारोबार प्रतिसेयर १ सय ९६ डलरमा भएको हो । माइक्रोसफ्टका नयाँ तथा उदार स्वभावका सीईओ सत्या नाडिला माइक्रोसफ्टलाई नयाँ स्वरूपमा ढाल्न प्रारम्भदेखि नै सक्रिय छन् । नाडिलाकै पहलमा स्काइप र नोकिया खरिदपछिको यो अर्को ठूलो कारोबार हो । माइक्रोसफ्टले यसअघि १.२ बिलियन डलरमा खरिद गरेको सामाजिक सञ्जाल याम्मरलाई सफल बनाउन धेरै प्रयास गरे पनि उसको प्रयास बिफल भएको थियो । अहिले त्यसको सट्टा लिंक्डइन किन्ने तयारी गरिएको हो । केही समयता कर्पोरेट च्याटका रूपमा ख्याति कमाएको स्ल्याकलाई माइक्रोसफ्टले ८ बिलियन डलरमा किन्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन । लिंक्डइनले सोसल नेटवर्किङ र व्यवसायिक क्षेत्रमा माइक्रोसफ्टलाई सघाउनेछ । यसमा व्यवसायिक क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूकोसंख्या ठूलो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रोबोटबाट यौन सुख

/बुध, भदौ १४, २०७४