Huawei P9हुवावे स्मार्ट फोनको नयाँ भर्सन फोटोग्राफीका लागि उपयुक्त हुने शैलीमा तयार पारिएको छ । हुवावेको नयाँ स्मार्टफोन हुवावे पी–९ मा लाइकाको लेन्स प्रयोग गरिएको छ । यसको पछिल्लो भागमा १२ मेगापिक्सेलका दुईवटा क्यामेरा छन् । यसबाट व्यवसायिक रूपमा काम लाग्ने उत्कृष्ट फोटो खिच्न मिल्छ । पी–९ मा दुईवटा सिम प्रयोग गर्न सकिन्छ । यसले फाेर जी एलटीई नेटवर्क सपोर्ट गर्छ । यसमा अक्टाकोर प्रोसेसर तथा ३ हजार एमएएचको ब्याट्री छ । त्यसैगरी यसमा ३ जीबी र्‍याम तथा ३२ जिबीको इन्टरनल मेमोरी छ । यसलाई १ सय २८ जिबीसम्म बढाउन सकिन्छ । ५ दशमलव २ इन्चको डिस्प्लेले युक्त यो मोबाइलको मूल्य ६ सय डलर तोकिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रोबोटबाट यौन सुख

/बुध, भदौ १४, २०७४