सामसङले ग्यालेक्सी एस ८ र एस ८ प्लस स्मार्टफोन बजारमा ल्याएको छ । एप्पलले ल्याउने फोनसंग प्रतिस्पर्धा गर्ने गरी यो स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । विश्वव्यापी बजारमा ग्यालेक्सी एस ८ को मूल्य ८ सय डलर तोकिएको छ भने ग्यालेक्सी एस ८ प्लसको मूल्य ९ सय डलर रहेको छ । ग्यालेक्सी एस ८ को स्त्रि्कन ५.८ को रहेको फोनको होम बटनलाई हटाएर एउटा आइकनलाई स्क्रिनमा लगाइएको छ । फोनका डिस्प्लेको १८:५:९ को अनुपातका कारण दुई एप ‘साइड बाइ साइड’ चलाउन र भिडियो हेर्न सकिन्छ । च्याटिङको कुनै एपलाई पनि संग–संगै चलाउन सकिन्छ । सामसुङले ग्यालेक्सी एस ८ र एस ८ प्सलमा भिक्सभाय नामको एक नयाँ भर्चुअल असिस्टेन्ट प्रस्तुत गरेको छ । मोबाइलमा फ्रन्ट क्यामरा ८ मेगापिक्सल र पछाडिको क्यामरा १२ मेगापिक्सल रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

लोकप्रिय हुँदै सामसुङ एट

/आइत, जेष्ठ १४, २०७४

यस्तो छ उड्ने कार

/शुक्र, जेष्ठ १२, २०७४