झट्ट सुन्दा पत्यार नलाग्ने प्रविधि सम्बन्धि एउटा समाचार सार्वजनिक भएको छ । एउटा अनुसन्धानले पिसावबाट स्मार्टफोन रिचार्ज गर्न सम्भव भएको समाचार सार्वजनिक भएको हो । वेलायतका वैज्ञानिकहरू पिसावलाई करेन्टमा रुपान्तरण गर्न जुटेका हुन् । वेलायतका ब्रस्टल रोबफटिक्स ल्यावका वैज्ञानिकहरू यो शोधमा काम गरिरहेका छन् । यस प्रयोगको लागि वैज्ञानिकहरूले इलेक्ट्रोन–एक्टिव सूक्ष्मजीवले केही सिलिन्डरहरू भरेका थिए । ती जीवहरू पिसाव र फोहोरी पानीमा पाइन्छन् । त्यसपछि ती सुक्ष्मजीवमा इलेक्ट्रोन निर्माण हुने र त्यसलाई विजुली उत्पानमा प्रयोग गर्न सकिने वैज्ञानिकहरूको भनाई छ । दुई लिटर पिसावले ३०–४० मिलीवाट विजुली उत्पादन हुन सक्छ । उक्त विजुलीलाई स्मार्ट फोन चार्ज गर्न र बत्ती बाल्न प्रयोग गर्न सकिने बताइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

सेल्फी खिच्ने एप्सहरू

/शुक्र, साउन २०, २०७४

ट्वीटरको नयाँ रुप

/बिहि, साउन १९, २०७४

एयर ह्विलको हेलमेट

/मङ्ल, साउन १७, २०७४