एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्ट मोबाइल फोन अकस्मात हरायो भने आफूले उक्त फोन छुटाएको अथवा हराएको ठाउँ आफैंले पत्ता लगाउन सकिने भएको छ । आफ्नो कम्प्युटरको मद्दतले हराएको फोन फेला पार्न सकिने भएको हो । त्यसका लागि आफ्नो गुगल एकाउन्टमा लग इन गरेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुपर्ने हुन्छ । गुगल सर्चमा ‘एन्ड्रोइड डिभाइस म्यानेजर’ टाइप गरियो भने यसको लिंक प्राप्त हुनेछ । प्राप्त लिंकमा क्लिक गरेर एन्ड्रोइड डिभाइस म्यानेजर भित्र प्रवेश गर्न सकिन्छ । एन्ड्रोइड डिभाइस म्यानेजरभित्र पस्नासाथ त्यहाँ हराएको फोनको साथमा गर्न मिल्ने तीनवटा कुरा देख्न सकिने छ । ‘प्ले साउन्ड’ भन्ने अप्सन थिचियो भने फोन साइलेन्ट मोडमै भए पनि ५ मिनेटसम्म बज्नेछ र त्यो आवाजको सहायताले आफ्नो फोन फेला पार्न सकिनेछ । दोस्रो अप्सन हो ‘लक’ । हराएको फोन फेला पर्ने मान्छेलाई फोन लक गरेर संदेश छोड्न सकिन्छ । एन्ड्रोइड डिभाइस म्यानेजरमै आफ्नो फोन कहाँ छ भनेर गुगल म्यापमै पनि फोनको लोकेसन फेला पार्न सकिन्छ, जसले गर्दा आफ्नो फोन कहाँ हराएको थियो भन्ने कुरा पत्ता लाग्छ अथवा कसैले उक्त फोन फेला पारेर कुन ठाउँमा पुर्‍याएको छ भनेर समेत जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रोबोटबाट यौन सुख

/बुध, भदौ १४, २०७४