केही साताअघि ट्वीटरको नयाँ लुक सार्वजनिक भएको छ । यो लुकलाई धेरै ट्विटर प्रयोगकर्ताले मन भने पराएका छैनन् । ट्वीटरले यो नयाँ डिजाइन सरल, चाँडो र प्रयोग गर्न सजिलो भएको जनाएको छ । बोल्ड हेडलाइन र नयाँ आइकनले यसलाई अझ राम्रो बनाएको ट्वीटरको दावी छ । ट्वीटरले प्रयोगकर्ताको प्रोफाइल पिक्चरलाई वर्गाकारबाट गोलाकार बनाएको छ । कम्पनीले यसको नयाँ ‘इन्टरफेस डिजाइन’ ट्विटर डट कम, ट्विटर फर आइओएस, ट्विटर फर एन्डोइड, ट्विटडेक र ट्विटर लाइटमा आगामी दिनमा कार्यान्वयन गर्ने जनाएको छ । ट्वीटर प्रयोगकर्ताले

ट्वीटरले गरेको परिवर्तनबारे जोक र ‘मेमे’ बनाएर ट्वीट गरेका थिए । परिवर्तन भएको एक घण्टामै नयाँ युजर ‘इन्टरफेस’ अर्थात् ‘युआई’बारे ३० हजारभन्दा धेरै ट्विट गरिए । धेरैले भने नयाँ लुकबारे गुनासो गर्दै मजाक उडाएका थिए । ट्वीटरको नयाँ डिजाइनमा यसको ‘डाइरेक्ट म्यासेज’ पठाउन सक्ने सुविधालाई पुनर्ताजगी गराइएको छ । यो नयाँ डिजाइनको ‘म्यासेजिङ’ इन्स्टाग्राम, फेसबुक र स्न्यापच्याटको ‘म्यासेजिङ’ जस्तै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

सेल्फी खिच्ने एप्सहरू

/शुक्र, साउन २०, २०७४

एयर ह्विलको हेलमेट

/मङ्ल, साउन १७, २०७४