प्रिज्मा

सेल्फी फोटोग्राफीमा यो एपका टुलहरूले राम्रो इफेक्ट दिन्छन् । पहिले आईएसओका लागि मात्र बनेको यो एप अहिले एन्ड्रोइडमा समेत उपलब्ध छ । यसमा आफूले चाहेअनुरूपको इफेक्ट छानेर सेल्फी लिन सकिन्छ ।

फ्रन्टब्याक

आईएसओ र एन्ड्रोइड दुवैमा पाइने फ्रन्टब्याक एपले जो–कसैलाई रोमाञ्चक अनुभव गराउँछ । यदि सेल्फी लिँदै हुनुहुन्छ भने अगाडिको दृश्य गुमाउनुहुन्छ, तर यो एपले अगाडि र पछाडि दुवैतर्फको दृश्य खिच्ने सुविधा दिन्छ, भएन त रमाइलो ?

युकेम पर्फेक्ट

सेल्फीलाई आकर्षक बनाउन युकेम पर्फेक्ट एप अर्को लोकप्रिय एप हो । यो एप प्रयोग गरेर फोटो खिच्दा ब्याकग्राउन्डमा आएका नचाहिने वस्तुहरूलाई हटाउन मिल्छ भने दुब्लोलाई मोटो र मोटोलाई दुब्लोसमेत बनाउन सकिन्छ । यसमा रहेका टुलहरूको माध्यमबाट आफ्नो अनुहारलाई आकर्षकसमेत देखाउन सकिन्छ । यो एप पनि आईएसओ र एन्ड्रोइड दुवै अपरेटिङ सिस्टममा उपलब्ध छ ।

क्यान्डी क्यामेरा

यदि आफ्नो सेल्फीलाई अरूको भन्दा फरक किसिमको र आकर्षक देखाउन चाहना भने क्यान्डी क्यामेरा एप डाउनलोड गरे हुन्छ । एन्ड्रोइड अपरेटिङ सिस्टममा उपलब्ध यो एपमार्फत आफ्नो सेल्फीमा १ सयभन्दा बढी इफेक्टहरू लगाउन सकिन्छ भने छालालाई मुलायम देखाउनेदेखि ब्युटी फङ्सनमार्फत अझ आकर्षक देखाउन सकिन्छ, अर्थात् फोटो खिच्नुअघि ब्युटिपार्लर जानै पर्दैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रोबोटबाट यौन सुख

/बुध, भदौ १४, २०७४