के फेसबुक तथा ट्विटरजस्ता सोसल मिडियाले हामीलाई खुसी बनाइरहेका छन् ? यसको जवाफ व्यक्तिपिच्छे फरक–फरक होला, तर हालै भएको एक सर्वेक्षणले सोसल मिडिया प्रयोगकर्तामध्ये हरेक पाँच जनामा एक जनालाई डिप्रेसनको समस्या भएको देखाएको छ ।

सर्वेक्षणमा सहभागी मध्ये २० प्रतिशतले सोसल मिडिया प्रयोग गरेसँगै आफूले डिप्रेस्ड महसुस गरेको बताएका छन् । यसरी सोसल मिडिया प्रयोगका कारण डिप्रेसनको सिकार हुनेमध्ये अधिकांश ३० वर्षमुनिका युवायुवती छन् । सर्वेक्षणअनुसार स्मार्टफोनको अत्यधिक प्रयोगका कारण युवाहरूले आफ्नो संवाद तथा तर्कक्षमता पनि गुमाइरहेका छन् ।

भनिन्छ, सोसल मिडियाको अत्यधिक प्रयोगका कारण युवाहरूको नजरमा नजर जुधाएर अर्थात् प्रत्यक्ष संवाद गर्ने क्षमतामा गिरावट आइरहेको छ । सोसल मिडियाको अत्यधिक प्रयोगका कारण प्रयोगकर्ताहरूमा चिन्ता, एकलकाँटे प्रवत्ति तथा आत्मविश्वासमा कमीजस्ता भावना बढीरहेको छ । सोसल मिडियामा अत्यधिक सक्रियताका कारण किशोर–किशोरीहरूमा स्ट्रेस हार्मोनको मात्रा बढीरहेको छ, जसले विभिन्न किसिमका स्वास्थ्य समस्या उत्पन्न गर्ने गरेको छ ।

ट्विटरको अत्यधिक प्रयोगले रिस तथा दिक्दारी वृद्धि हुन्छ । त्यसैले विज्ञहरूले अहिले डिजिटल मुक्त घरको अवधारणा अघिसारेका छन् । विज्ञहरूका अनुसार कम्तीमा पनि सुत्ने कोठामा कुनै पनि डिजिटल सामग्री तथा स्क्रिन हुनु हुँदैन । त्यस्तै राति बत्ती निभाइसकेपछि स्मार्टफोन प्रयोग गर्न‘ हुँदैन । यसले निद्रामा असर पार्ने तथा विभिन्न मानसिक समस्या खडा गर्ने जोखिम वृद्धि हुने विज्ञहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रोबोटबाट यौन सुख

/बुध, भदौ १४, २०७४

गुगलमा महिलाहरू ?

/बिहि, भदौ ८, २०७४