Dhamaka Night -1
नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य साथ स्थापना गरिएको नेपालि कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले सिड्नीमा धमाका नाइट २०१६ भब्यताका साथ सम्पन्न गरेको छ । गत मार्च २६ तारिखका दिन हर्षभिलको मरना अडिटरियम हलमा साँझ ६ बजेदेखि १० बजेसम्म कार्यक्रम चलेको थियो ।
कार्यक्रमको लागि नेपालबाट आधुनिक पप गायक बादल प्रसाई  र गायिका प्राश्ना शाक्य अष्ट्रेलिया आउनुभएको थियो  । गायक गायिकाका बिभिन्न धमाकेदार गितमा उपस्थित दर्शकले भरपुर मनोरन्जन लिएको थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान संगित बिभाग प्रमुख बिकाशनाथ योगिले भायोलिन बजाएर सबैलाई  मन्त्रमुग्ध पार्नुभएको थियो । स्थानिय गायक, कलाकारहरुले पनि कार्यक्रममा गायन,  बिबिध सांस्कृतिक प्रहसन र नृत्यले  कार्यक्रममा सुनमा सुगन्ध थपेको थियो ।
सोहि अबसरमा लेखकद्दय शालिकराम उपाध्याय र राजेश्वर घिमिरेद्द्वारा  लिखित ‘तेश्रो आँखा’ र गायिका प्राश्ना शाक्यको एल्बम “प्राश्ना” को पनि बिमोचन गरिएको थियो ।
Dhamaka night - 2
कार्यक्रम पुर्ण परोपकारी रहेको र संकलित रकम नेपालमा दृश्टिबिहिन बालबालिकाको शिक्षा, सुदृढिकरणमा खर्च गरिने संस्थाकी अध्यक्ष सुजता केसिले नेपालि टाईम्स सँगको कुराकानिमा बताउनुभयो ।  यसको अलबा  संस्थाले अष्ट्रेलियामा नेपाली कला र संस्कृतिलाई प्रबद्दन गर्नको निम्ति बाद्द्यबादन सामग्रि खरिद साथै संगितका कक्षाहरु संचालन गर्नको लागि पनि केहि रकम छुट्याउने उहांले जानकारी गराउनु भयो । पत्रकार तथा साहित्यकार भिमसेन सापकोटाले संचालन गरेको उक्त कार्यक्रममा नेपाली समुदायका बिभिन्न ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार