Rambaran-Yadavललितपुर । निवर्तमान राष्ट्रपति डा रामवरण यादवले आफू सक्रिय राजनीतिमा नफर्कने बताएको छ ।

ललितपुरको बागडोलस्थित सरकारले उपलब्ध गराएको निवासमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान राष्ट्रपति यादवले सो कुरा बताएको हो ।

हिमाल, पहाड, तराई जहाँ बसे पनि एकताबद्ध भएर बस्नुपर्ने उल्लेख गर्दै उहाँले दौरा, सुरुवाल र ढाका टोपी लगाएर आफूले तराई, पहाड र हिमाललाई जोड्ने काम गरेको उल्लेख गरे ।

निवर्तमान राष्ट्रपति डा यादवलाई निवास प्रवेश गर्दा नेपाली काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्य, काँग्रेस काठमाडौँ सभापति एवम् सांसद भीमशेनदास प्रधान, सांसद चन्द्र महर्जन र किरण यादवले स्वागत गरेका  थिए ।

सरकारले ललितपुर उपमहानगरपालिका वडा नं ४ स्थित विष्णुदेवी हाइट (बागडोल)मा रहेको रवि विष्टको घरमा प्रथम राष्ट्रपति डा यादवको निवासको व्यवस्था गरेको हो । उक्त भवन दुई रोपनी दुई आना क्षेत्रफलमा निर्मित साँढे दुई तले रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार