आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा रोक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८

काठमाडौं– सरकारले आज सोमबारदेखि आन्तरिक तथा मे ५ का दिनदेखि नेपालबाट हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले आजदेखि आन्तरिक उडान तथा मे ५ देखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको परराष्ट्रमन्त्री तथा सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको उहाँले बताउनुुभयो ।