नेपालमा कोरोना भाइसका ३४ सय ७९ जना संक्रमित थपिए

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, जेष्ठ २३, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइसका ३४ सय ७९ जना संक्रमित थपिएका छन् ।
यो अवधिमा १३ हजार ७ सय ३३ जनाको परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा १० हजार ४ सय ७१ जनाको पीसीआर तथा ३ हजार ३ सय ६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

जस अनुसार पीसीआरतर्फ ३ हजार २४ तथा एन्टिजेनतर्फ ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ९९ जना संक्रमितको दुखद निधन भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।