नेपालमा थपिए ७ हजार ६ सय ६० जना संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख २१, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ५५ जना कोरोना भाइरसका संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार साँझ अद्यावधिक गरेको जानकारी अनुसार यो अवधिमा कुल ७ हजार ६ सय ६० जनामा संक्रमित पुष्टि भएको छ ।

यो अवधिमा १६ हजार १ सय ३१ जनाको पीसीआर तथा ५ सय ७१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गरिएको थियो ।

जस अन्तर्गत पीसीआरमार्फत ७ हजार ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो भने एन्टिजेनतर्फ ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा १ हजार ७ सय ७५ जना संक्रमितहरु संक्रमणमुक्त समेत भएका छन् ।

अहिले नेपालमा ५९ हजार ७ सय ९८ जना सक्रिय संक्रमितहरु रहेको समेत मन्त्रालयले जनाएको छ ।