साउन ३ गतेलाई बोलाइयो प्रतिनिधि सभाको बैठक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार ३१, २०७८

काठमाडौं– सरकारले साउन ३ गते दिउँसो ४ बजेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

असार २८ गते काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै सर्वोच्चले साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो ।