‘ह्यापी न्यु इयर…’ सार्वजनिक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, चैत्र ३१, २०७७

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक भूषण खतिवडाको नयाँ वर्ष सम्बन्धि गीत ‘ह्यापी न्यु इयर’ सार्वजनिक भएको छ ।

बसन्त लम्सालको शब्द, संगीत तथा सुरज श्रेष्ठको एरेन्ज रहेको यो गीतको भिडियो मा रमाइलो र घुमघामको शैलीमा तयार गरिएको छ ।

यस गीतको भिडियोमा लुष बराइली, रञ्जित पौडेल, अनामिका बाराकोटी,पबित्रा चौहान र रेशम बुढाथोकीले अभिनय गरेका छन् ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको छायांकन तथा विकास धमलाको सम्पादन छ ।