२४ घण्टामा नेपालमा १ सय १ जना संक्रमितको दुखद निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ १९, २०७८

काठमाडौं– स्वास्थ तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यो अवधिमा १३ हजार ८ सय ५ जनाको पीसीआर तथा ३ हजार ७३ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको जनाइएको हो ।

यो अवधिमा पीसीआरतर्फ ४ हजार ५ सय २४ तथा एन्टिजेनतर्फ ७ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा १ सय १ जना संक्रमितको दुखद निधन भएको छ ।

यो अवधिमा ७ हजार २ सय १ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा १४ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये भक्तपुरमा १८१, ललितपुरमा ३०६ तथा काठमाडौंमा ९६९ जनामा संक्रमण पुष्टि भएको हो ।