अष्ट्रेलियाबाट नेपाल पुग्यो नेचर्स वे ब्रान्डका उत्पादनहरू

-- कृष्ण भट्टराइ, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख १०, २०७६

अष्ट्रेलियाबाट नेपालमा बसोबास गर्ने आफ्ना आफन्तलाई के उपहार पठाउने भन्ने बारेमा सोच्दै हुनुहुन्छ ? नेपालमा आफ्ना नजिकका ब्यक्ति तथा उनीहरूका सन्तानकालाई अष्ट्रेलियामै उत्पादन भएका सामग्री नेपालबाटै उपलब्ध गराउन सक्नु हुने भएको छ । नेपालमा औषधी तथा सर्जिकल सामग्रीहरू विक्रि वितरण गर्दै आएको डा.साथीले अष्ट्रेलियाको नेचर्स वे ब्राण्डले उत्पादन गरेका भिटामिनउक्त औषधीयहरू नेपाली बजारमा ल्याएको छ ।

अष्ट्रेलियाली औषधीय उत्पादनहरू आयात गर्ने पछिल्लो कदम स्वरुप डा. साथीले अष्ट्रेलियाको फर्माकेयर ल्याबोरट्रिजसँग सहकार्य गरेपछि यो सम्भव भएको हो । डा.साथीले नेचर्स वे ब्रान्डका उत्पादनहरू नेपालमा बिक्री–वितरण प्रारम्भ गरेको हो ।

उक्त अष्ट्रेलियाली कम्पनीसंगको पहिलो चरणको साझेदारी अन्तर्गत किड्स स्मार्ट प्रोबायोटिक ड्रप्स, भाइटा गमीजस भिटामिन सी जिङ्क, किड्स स्मार्टस क्याल्सियम ः भिटामिन डि थ्री, भाइटा गमीजस मल्टी भेजिज, किड्स स्मार्टस ओमागा–थ्रीफिस ओयल हाई डिएचए र किड्स स्मार्ट भाइटा गमीजस मल्टी भिटामिन नेपाली बजारमा उपल्ब्ध गरिएको छ ।

फर्माकेयर एउटा अष्ट्रेलियाली र पारिवारिक कम्पनी हो जसको विश्वव्यापी रुपमा शाखाहरू रहेका छन् । सुस्वास्थ्य तथा आरोग्यताका माध्यमबाट मानिसहरूको जीवनलाई अझ राम्रो र उत्कृष्ट, स्वास्थ्यकर तथा खुसी बनाउनउ त्प्रेरित गर्न तर्फ समर्पित छ ।

 

नेपालमा ल्याइएका उत्पादनहरू निम्न प्रकारका छन्

प्रोबायोटिक ड्रप्स

नेचर्स वे किड्स स्मार्ट प्रोबायोटिक ड्रप्सले बालबालिकालाई चाहिने प्रोबायोटिकको दैनिक मात्रा प्रदान गर्दछ । बच्चाहरूको (ईन्फेन्ट कोलिक) लक्षणहरू हटाउने, पेट फुल्ने र पेट दुख्ने समस्या कम गर्ने, सामान्य पाचन स्वास्थ्यमा सहयोग पु¥याउने, रोग प्रतिरोधी प्रणालीलाई बलियो र स्वास्थ्यकर पाचन प्रणाली प्रबद्र्धनमा सघाउँछ ।

किड्स स्मार्ट ब्रस्टलेट्स ओमेगाथ्रीफिस ओयल फ्रुटी फिप्टिज

नेचर्स वे किड्स स्मार्ट ओमेगाथ्रीफिस ओयलले बालबालिकालाई डिएचए प्रदान गर्छ । यो स्वादिलो र चपाउनमिल्ने ब्रस्टलेटमा हुन्छ ।

किड्स स्मार्ट ब्रस्टलेट्स क्याल्सियम ः भिटामिन डी थ्री फिप्टिज

नेचर्स वे किड्स स्मार्ट ब्रस्टलेटेस क्याल्सियमः भिटामिन डी थ्री फिप्टिजले बालबालिकाको हड्डी स्वस्थ रुपमा बढ्न र विकासमा सघाउँछ ।

नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टीभिटामिन भेजिज सिक्टिज

नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टी भिटामिन भेजिज सिकिटजमा नौ वटा पोषण छ, जसले बालबालिकालाई हुर्कन र तिनीहरूको विकासमा सघाउँछ ।

नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टीभिटामिन फसी इटर्स

नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टीभिटामिनमा भिटामिन र खनिज हुन्छ जसले बालबालिकाको हुर्काइ र विकासमा सहयोग गर्छ ।

 

के हो डा. साथी ?

डा. साथीले नेपालमा प्रथम पटक चेन फार्मेसीको सुरुवात गरेको हो । वि.सं. २०६६ मा स्थापना गरिएको डा. साथीको उद्देश्य भनेको नेपालमा सबैमा उत्कृष्ट स्वास्थ्य सेवामा पहुँच पु¥याउने हो । डा. साथी ब्रान्डले स्वास्थ्य क्षेत्रम विश्वास र सेवा दिनका लागि तत्पर छ । साथै सबै औषधि पसलहरूमा उचित व्यवस्थापन, उत्कृष्ट संरचना, कामप्रति कर्मठ र सेवामुखी पेशाकर्मीहरूसँगको साझेदारी र भर्ती निरन्तर उच्चस्तर कायम गर्न प्रतिबद्ध छ । डा. साथीले के विश्वास लिएको छ भने मानिसहरूमा स्वास्थ्य सेवालाई लिएर आत्मविश्वास जगाउन सकियो भने मात्र देशले प्रगति हासिल गर्दछ । डा. साथीका चेनहरू नेपालका सबै शहरहरूमा पुग्नका लागि परिकल्पना गरेको छ र आम नागरिकले सहजै उपभोग गर्न सक्ने र पहुँचमा हुने स्वास्थ्य सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको डा. साथीको भनाई छ ।