अष्ट्रेलिया-नेपाल तेश्रो उद्धार फ्लाइट अगस्त ६ मा हुदै

उद्दार उडानमा एनआरएएन अष्ट्रेलियाको सकृयता
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, साउन १८, २०७७

कोभिड-१९ को चपेटामा परि गत मार्चको अन्त्यदेखि सम्पूर्ण नियमित उडानहरु बन्द भएका हुन् । यस अवधिमा नेपालबाट अष्ट्रेलियामा भिजिटर भिसामा रहनुभएका थुप्रै अविभावकहरुको उडान रद्ध हुन पुगेकोले नेपाल फर्कन समस्या भएको थियो ।

अष्ट्रेलियामा रहेर भिसा सकिन लागेका वा अरु बिशेष कारणले नेपाल फर्किनका लागि नियमित फ्लाइट नहुदै गर्दा चार्टर फ्लाइटको व्यवस्था गरि उद्धार गर्न एनआरएनए र नेपाल एम्बेस्सी क्यानबेरा तत्पर नै थियो ।

तर गत मार्चदेखि जूनको अन्त्यसम्म नेपाल र अष्ट्रेलिया दुवै तर्फका सरकारले विभिन्न चरणमा लगाएको  बन्देजका कारण यात्रुहरुले चाहेर पनि यात्रा सम्भव थिएन। जूनको अन्त्यतिरसम आइपुग्दा बिदेशमा बस्ने नेपालीहरुको ठुलो दवाबका कारण नेपाल सरकारले नेपाल आउन चाहने नेपालीहरुको लागि केहि निश्चित मापदण्ड तयार गरि आउन पाउने नीतिगत व्यवस्था गर्यो। अनुमति पाए लगत्तै एनआरएनए अष्ट्रेलियाले उद्धार उडानका लागि आफ्नो काम अगाडी बढायो ।

उद्दारका क्रममा जुलाई १४ मा सिंगापुर एयरलाइन्सबाट १४९ र जुलाई ३० मा मलिन्डो एयरलाइन्सबाट १६१ जनाको उद्दार भैसकेको छ । एनआरएनए अष्ट्रेलियाकै संयोजकत्वमा अर्को तेश्रो फ्लाइट अगस्त ६ का दिन करिब ३०० यात्रुहरु लिएर सिड्नी बाट उड्ने तयारी भैरहेको छ ।

निस्चय पनि नियमित उडान भन्दा चार्टर गरिएको उडानको भाडा महँगो हुने गर्दछ। सुरुमा एकतर्फी भाडा अष्ट्रेलियन डलर १७५० उठाइएको थियो। तर फरक एयरलाइन्स र त्यसको क्षमताका कारण ३ ओटै उडानमा यात्रुहरुलाई लागेको बास्तविक भाडामा केहि फरक परेको बताइएको छ। ६ अगस्तको अन्तिम उडानको काम सकिएपछि हामीले सबै हिसाब मिलान गरि एनआरएनएले एयरलाइन्सलाई तिरेको भाडाभन्दा बढी आएको अवस्थामा पुन यात्रुहरुलाई फिर्ता गर्ने जानकारी एनआरएनएले दिएको छ ।

“देशको सरकारले गर्नुपर्ने काम एउटा गैर नाफामुलक स्वयंसेवी संस्थाले सम्पन्न गर्नुपर्दा यसमा थुप्रै चुनौतीहरु आएका छन्, तर अभिभावकहरुको मुहारमा खुशी ल्याउन पाउदा हामीले यसलाई अवसरका रुपमा लिएका छौ”, उद्धार उडान अभियानको नजिकमा रहेर काम गरिरहेका एनआरएनए अष्ट्रेलियाका ट्रेजरर अनिल पोख्रेलले “द नेपाली टाइम्स अष्ट्रेलिया” लाइ बताए। एउटा ब्यबसायले गर्ने काम र कार्यशैलीहरुमा आफ्नै खालको नियम तथा चेन-अफ-कमाण्डहरु पहिले नै तय हुन्छन र काम पनि त्यसै अनुरुप हुने गर्दछन । तर एनआरएनए जस्तो संस्थाको लागि हाम्रो त्यस्तो पूर्व तयारी नभएकोले केहि कमजोरीहरु अवस्य छन्, यसमा समुदायले मनन गर्ने नै छ। यति धेरैको संख्यामा उद्धार गर्दा अपनाउन पर्ने नियम, कानून, स्वास्थ तथा सुरक्षा जस्ता साबधानीहरु हाम्रा लागि बिल्कुलै नया हो, ट्रेजर पोख्रेलले थपे।

नेपाल सरकारले भदौ १ देखि नियमित उडानहरुलाई अनुमति दिने निर्णय गरेकोले केहि अन्तराष्ट्रिय उडानहरु संचालनमा आउने सम्भावना देखिन्छ। चार्टर उडान भन्दा नियमित उडानमा भाडा सस्तो हुने हुनाले ६ अगस्तको तेश्रो चार्टर फ्लाइटमा जाने अवसर नपाउने यात्रुहरुले आफ्नो ट्राभल एजेन्ट हरुसंग सम्पर्कमा रहनु हुन अनुरोध छ ।

Photo: NRNA Australia