अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न तथा सेयर गर्न रोक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७७

सिड्नी– फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री पढ्न तथा सेयर गर्न रोक लगाएको छ।

त्यहाँका फेसबुक प्रयोगकर्ताले फेसबुकमा समाचार सामग्री पढ्न पनि पाउने छैनन् ।

आज बिहीबार बिहानैदेखि अस्ट्रेलियाका फेसबुक प्रयोगकर्ताले स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचार सामग्रीमा पहुँच पाएका छैनन् ।

फेसबुकमा अस्ट्रेलियाको ठेगाना राखेका तर देशबाहिर रहेका प्रयोगकर्ताले पनि फेसबुकमा समाचार सामग्री हेर्न पाएका छन् ।

यहाँसम्म कि सरकारको स्वास्थ्य तथा आपतकालीन फेसबुक पेज पनि बन्द भएको थियो ।

उक्त पेजलाई भने फेसबुकले पछि खोलिदिएको छ ।

अस्ट्रेलिया सरकारले फेसबुकको यो प्रतिबन्धलाई उसको विश्वसनीयताका लागि खतरा भएको टिप्पणी गरेको छ ।

समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नुपर्ने अस्ट्रेलियाको प्रस्तावित कानूनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।

अस्ट्रेलियाको कानुनअनुसार फेसबुक, गुगलजस्ता प्रविधिसँग जोडिएका कम्पनीले समाचार देखाउन सरकारलाई कर तिर्नुपर्ने हुन्छ ।