आज अमेरिकामा राष्ट्रपति निर्वाचनः नालीबेली कस्को पल्लाभारी ?

-- होमप्रसाद लम्साल / प्रकाशित मिति : मङ्लबार, कार्तिक १८, २०७७

अमेरिका, आज अर्थात नोभेम्बर ३ तारिक मंगलबार महाशक्ति सम्पन्न राष्ट्र अमेरिकामा ४६ औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । निर्वाचन हुनु १२ घण्टा अघि राष्ट्रपतिका उम्मेदवारहरु वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पुर्वउपराष्ट्रपति जो बाईडेनले चुनावी प्रचारप्रसार रोकेका छन । चुनावी नतिजामा प्रभाव पार्ने ‘ब्याटलग्राउन्ड’ नाम दिइएका केही राज्यहरूमा मतदातालाई आफूतिर तान्न राष्ट्रपतिका दुवै आकांक्षीले अन्तिम चुनावी सभा गरेर सकेपछि प्रचारप्रसार रोकेका हुन । अमेरिकमा हेर्दा दुई पार्टी मात्र देखिए पनि अन्य पार्टीहरु लिव्रेसन, ग्रीन र कन्टीच्यूसन पार्टी पनि रहेका छन । अमेरिकाको स्थापनापछि नै दुई पार्टी बाहेक अरु अस्तित्वमा छैनन ।

निर्वाचन हुनु २४ घण्टा अघि गरिएका विभिन्न सर्भेक्षणहरुले ट्रम्प भन्दा बाईडेन बलिया देखिएको जनाएको छ । अमेरिकी निर्वाचनमा यस्ता सर्भेक्षणहरु निर्वाचन अघि गर्ने प्रचलन रहि आएको छ । निर्वाचन आज भए पनि अमेरिकामा निर्वाचन अघि पनि मतदान गर्ने व्यवस्था रहेकोले विश्वभर रहेका आफ्ना नागरिक र अमेरिकामा रहेका मतदाताले गरेको मतदानमा ९७ मिलियन अर्थात नौ करोड ७ लाख भोट खसेको जनाईएको छ । यो संख्या सन् २०१६ मा गणना गरिएको कुल मतको झन्डै ६८ प्रतिशत हो । अमेरिकाममा यस बर्ष सन २०२० का लागि २५ करोड ५२ लाख मतदाता रहेका छन । अमेरिकामा दुई पार्टीको प्रभावलाई हेर्दा डेमोक्र्याट पार्टीको रजिष्ट्रर भोटर ७२ मिलियन र रिपव्लिकनको रजिष्ट्रर भोटर सख्या ५५ मिलियन रहेको छ ।

ईलोक्टोल के हो र कहाँ कति ?

अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति छान्ने भनिए पनि फरक ढंगले लोकप्रिय मतले नभई ‘इलोक्ट्रोलर कलेज’ मतको आधारमा निर्वाचित गर्ने गरिन्छ । कुल पाँच सय ३८ ‘इलोक्ट्रोलर मतमध्ये दुई सय ७० ल्याउनेले जित्ने छन् । राष्ट्रपतीय निर्वाचनको प्रमुख पक्ष यस मानेमा केहि राज्यहरु निर्णयक हुन्छन जहाँ ईलोक्टोल मत बढी छ । प्रत्यक्ष निर्वाचनमा खसेको मतबाट निर्वाचन परिणामलाई केहि फरक पर्दैन । अघिल्लो सन २०१६ को निर्वाचनमा वर्तमान राष्ट्रपति भन्दा हिलारी क्लिन्टनले २७ लाख मत बढी पाएर पनि ईलोक्ट्रोल मत थोरै पाएको कारण निर्वचन हारेका थिए । ईलोक्टोल मतमध्ये ट्रम्पले ३०६ र हिलारीले २३२ मत पाएका थिए ।

धेरै इैलोक्ट्रोल मत भएका क्यालिफोनिया, टेक्सास, जर्जिया, नर्थ क्यारोलाइना, ओहायो, आयोवा, पेन्सिलभेनिया, मेसिगन, विन्सकिन्सिन र एरिजोना राज्य नै नतिजा उल्टाउने निर्णयक राज्यका रूपमा मानिन्छ । हाल प्रक्षेपण गरिएका सर्वेक्षणलाई आधार मान्दा यी राज्यहरुमा बाइडेनको अग्रता देखिएको छ ।

खासगरी ईलोक्टोल मतहरुमा क्यालिफोनिया ५५, टेक्सास ३८, न्यूयोर्क र फेलोरिडा २९, ईलिनोईस र पेन्सिलभेनिया २०, ओहायो १८ रहेका छन । त्यसैगरी कनेक्टिकट, ओक्लोहोमा, र ओरेगनमा ७ वटा, आर्कान्सास, आईहोवा, कान्सास, मिसिसिपी, नाभाडा, र उटाहामा ६, नेब्रास्का, न्यूमेक्सिको, वेस्ट भर्जिनियामा ५, हवाई, आईडाओ, मेनी, न्यू हेम्सपायर, रोडे आईल्याण्डमा ४ का दरले , र आलास्का, डेलावर, द डिष्ट्रिटक अफ कोलम्बिया, मोन्टाना, नर्थ डाकोडा, साउथ डाकोडा, भरमन्ट, र वाईमिडमा ३ का दरले ईलोक्टोल मत रहेका छन । बाँकी अरु केहि राज्यमा एरिजोनामा ११, जर्जिया १६, ईण्डियाना ११, मेरिल्याण्ड १०, मासाचुटेसमा ११, मिचिगन १६, मिसौरी, १०, न्यू जर्जी १४, नर्थ क्यारोलिना १५, पेन्सिलभेनिया २०, साउथ क्यारोलिना ९ , भर्जिनिया १३, वासिटन १२ र वीस्कन्सिन १० रहेका छन ।

सर्भेक्षणमा अमेरिकी मिडिया

अमेरिकामा मिडिया कति निष्पक्ष होला भन्ने प्रश्न अनुत्तरित छ तर निर्वाचनका बेला सिएनएन र फक्स न्यूजप्रति जनताको त्यति धेरै विश्वास मानिन्न । कारण सिएनएनले डेमाक्र्याट र फक्सले रिपब्लिकनलाई सघाएकोले तिनिहरुको समाचार र सर्भेक्षणमा जनताले विश्वास गर्दैनन । दुवैले आआफ्नो पक्षमा सभाचार प्रशारण गर्ने प्रचलन छ । त्यतिमात्रै होईन अमेरिकाको राज्यस्तरमा पनि ठुला मिडियाले राम्रा उम्मेदवारहरुलाई ईन्डोर्स गर्ने प्रचलन परानो हो । यसो तर केहि अरु मिडिया र सभेक्षण गर्ने एजेन्सिहरुले गरेका पछिल्ला अधिकांश मत सर्वेक्षणहरूले जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झन्डै १० प्रतिशतले अग्रता बनाइरहेको देखाएका छन् । एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएको छ । स्वतन्त्र मानिने युएस टुडेका अनुसार अग्रिम मतदानमा ४८ दशमलव ३ प्रतिशत डेमोक्र्याटिक, ४१ दशमलव ५ प्रतिशत रिपब्लिकन र १० दशमलव २ प्रतिशत मत स्वतन्त्रको पक्षमा खसेको बताएको छ ।

चुनावअघिको मत सर्वेक्षणमा बाइडेनले ट्रम्पभन्दा ६ प्रतिशत बिन्दुले मात्र अग्रता बनाइराखेको देखाएका थिए । चुनावी नतिजालाई फेरबदल गर्न सक्ने मुख्य राज्यहरूमा एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, मेन, मिसिगन, मिनेसोटा, नर्थ क्यारोलिना, न्यु ह्याम्पसायर, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिनमा गरिएका सर्भेषणहरु निर्णायक मानिन्छ ।

। अमेरिकी चुनाव परियोजनाका अनुसार आइतबार दिउँसोसम्ममा नौ करोड ३० लाखभन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन् । हुन त सन २०१६ को निर्वाचनमा नि मिडियाका सर्भेक्षण अनुसार हिलारी क्लिन्टनले जित्ने अनुमान गरिएको थियो तर भएन । त्यसैले यसबर्ष पनि यसै भन्न सकिन्न ।

सत्तासीन राष्ट्रपतिको दोस्रो पटक ?

प्रायजसो सत्तासिन राष्टपतिहरुले दोश्रो कार्यकाल निर्वाचन जितेको अवस्था नजिर छ । पहिलोपटक सन् १८०१ मा अमेरिकाका दोस्रा राष्ट्रपति जोन एडम्स् दोस्रो कार्यकालका लागि थोमस ज्याफर्सनसग पराजित भएयता राष्ट्रपतीय निर्वाचनमा १० पटक मात्र सत्तासीन राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचनमा पराजित भएका छन् । पछिल्लोपटक जर्ज एच. डब्लु. बुस सन् १९९२ मा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा बिल क्लिन्टनसंग पराजित भएका थिए । त्यसयता पछिल्लो २८ वर्षमा सत्तासीन राष्ट्रपतिहरु क्रमश वील क्लिन्टनले सन् १९९३ देखि २००१ सम्म, सन् २००१ देखि २००८ सम्म जर्ज डब्ल्यू र सन २००९ देखि सन २०१६ सम्म बाराक ओवामाले निर्वाचन जितेका थिए । त्यस अघि जर्ज बुसले आफ्नो दोश्रो कार्यकालमा सन् १९९३ मा हारेका थिए । प्राय जसो राष्ट्रपतिले दोस्रो कार्यकालको लागि लगातार दुईपटक जितेको ईतिहास छ ।

संसारभर आफ्नो प्रभुत्व जमाएको अमेरिकामा हुने निर्वाचन परिणामले विश्वभर प्रभाव पार्नेछ चाहे त्यो आर्थिक हिसाबले वा राजनीतिक समिकरणका हिसावले भनौ वा विश्व शान्तिका लागि । अहिले पनि विश्वकै प्रभावशाली र ठूलो अर्थतन्त्र अमेरिका नै हो तर पछिल्ला दिनमा चीनलगायत केहि देशहरुले चुनौति दिन थालेको सन्र्दभमा आगामी दिनमा आर्थिक नीतिलाई कसरी अगाडि लैजाने भन्ने उम्मेदवारको चुनावी नीतिले प्रभाव पार्नेछ ।

सन् १७८९ मा जर्ज वासिङ्टनले अमेरिकाको विस्तार र प्रभाव संसारभर कायय गर्ने सपना हालसम्म पुरा भएको छ । अमेरिकी आदर्श मुल्य र मान्यता विश्वभरि फैलाउन अमेरिकी नेतृत्वको भूमिका सदैव अहं हुनुपर्दछ भन्ने मान्यतामा केहि ह्रास आएको बहस अमेरिकी राजनीतिमा शुरु भएको छ । यसो भैरहँदा नयाँ राष्ट्रपतिले लिने अमेरिकी वैदेशिक नीति कस्तो हुन्छ भन्ने कुराले विश्वभर प्रभाव पार्ने निश्चित छ । वैदेसिक नीतिका सन्र्दभमा ट्रम्पको नीति र बाइडेनको दृष्टि नितान्त फरक छ । ट्रम्प प्रशासन विश्वभर आफ्नो प्रभाव बढाउन कमजोर रहेको विश्लेषण अमरिकामा हुन थालेपछि ट्रम्पलाई नैतिक प्रश्न शुरु भएको छ । अमेरिकामा संसारमा नै पहिलोपल्ट सन १७९२ मा थोमस जेफसन र जेम्स मेडिसनले डेमोक्र्याटिक रिपव्लिकन पार्टी स्थापना गरेका थिए । त्यहि पार्टी अहिले डेमोक्र्याट पार्टी हो । रिपव्लिकन पार्टी सन् १८८० मा स्थापना भएको हो । यीनै दुई पार्टीबीच आज हुने चुनावको नतिजा आउन केहि दिन कुर्नू पर्ला तर संभावित नतिजा भने मतदान सकिएको २४ घण्टामा अनुमान गर्न सकिन्छ ।