आत्मबिश्वास भएको क्षेत्रमा हात हालियो भने सफल हुन सकिन्छ – कपिल नेपाल

-- विज - टक फेब्रुअरी अंक २०१९, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५

नेपालको पाल्पा जिल्ला हार्थोक जन्मथलो भएका कपिल नेपालको यति बेलाको अष्ट्रेलियाको परिचय एक सफल युवा व्यवसायी हो । आज भन्दा २० बर्ष अगाडि विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका नेपालका अन्य नेपाली विद्यार्थीहरू जस्तै उनका पनि जीबन भोगाइ र सिकाइका फेहरिस्ता छन् । कुनै बेला बिज्ञानका विद्यार्थी कपिल नेपाल नेपालमा रहँदा बायोलोजीमा ब्याचलरसम्मको अध्ययन पूरा गरि मास्टर्स तहको अध्यान गर्दै थिए । १९९९ अष्ट्रेलिया आएसंगै उनको अध्ययनको रोजाईको बिषय बदलियो उनले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटिबाट मास्टर्स अफ इन्फर्मेसन सिस्टमको अध्ययन पूरा गरे । अध्ययन पूरा गरे संगै लामो समय यहाँको नेसनल अष्ट्रेलिया बैंकमा जागिर खाए, आठ बर्षको लामो जागिरका क्रममा उनि उक्त बैंकको ब्रान्च म्यानेजरसम्म बने । श्रीमती एक छोरा र एक छोरी सहित अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका नेपालले जागिरबाट सिकेको लामो अनुभबबाट खरिएर जुलाई २०१२ स्मार्टलाईन मार्फत आबद्द रहेर आफ्नै व्यवसाय सुरु गरे । यहि व्यवसाय मार्फत उनले घर जग्गा किन्न चाहने र अन्य प्रयोजनका लागि बैंकबाट लोन चाहनेहरूलाई तिनका आबश्यकता हेरी सल्लाह सुझाब सहित लोन लिन सघाइरहेका छन् । अध्ययनशिल, सहयोगी, स्पष्ट बक्ता स्मार्टलाईनका उनै कपिल नेपालसंग द नेपाली टाईम्स अष्ट्रेलियाको बिज टल्क फेब्रुअरी २०१९ अंकका लागि छोटो कुराकानी अवसर मिल्यो । प्रस्तुत छ कुराकानीको संक्षेप ।

तपाइँको व्यवसायको बारेमा केहि बताई दिनुस न ?
म बिगत ६ वर्षदेखि Smartline सँग आबद्ध भई Mortgage Adviser को सेवा प्रदान गरीरहेको छु । Smartline एउटा Franchise Business हो र करिब ३०० भन्दा बढी Franchisee रहेको यो संस्थामा हाम्रो बिजनेस Top 10 बिजनेसमा पर्दछ । हामीले अष्ट्रेलियामा होमलोन ,Investment Loan, car Loan / Business Loan चाहिए ग्राहकको आर्थिक अवस्था हेरिकन करिब ३० वटा बैंक र बित्तिय संस्थाबाट यस्ता लोनहरू उपलब्ध गराउन सक्छांै । यस्तो सेवा पाए बापत ग्राहकहरूले हामीलाई कुनै शुल्क दिनु नपर्ने र हामीले उहाँहरूलाई घर किने पछि पनि निरन्तर सेवा प्रदान गर्ने भएकाले ग्राहक सँग Win-Win को सम्बन्ध रहेको छ । अहिलेसम्म हामीले करिब ६०० भन्दा बढी ग्राहकलाई अष्ट्रेलियाको बिभिन्न शहरहरूमा घरजग्गाको लोनको सेवा पुराएका छौं ।

किन यो व्यबसाय रोज्नु भो ?
२०१२ मा यो व्यवसाय सुरु गर्नु अगाडि म National Australia Bank मा ब्रान्च म्यानेजरमा कार्यरत थिए । करिब ८ बर्ष बैंकमा काम गर्दा मैले बैंकहरूको फोकस नयाँ ग्राहक र सेल्समा मात्र रहेको पाएँ । बैंकमा भएका पुराना ग्राहकहरू बैंकले दिने सेवा सँग असन्तुष्ट रहेको र उनीहरू सकेसम्म एउटै कर्मचारी सँग Deal गर्न पाए खुसी भएको देख्दा मैले Mortgage Broking मार्फत यस्तो सेवा दिने अबसर देखेर यो क्षेत्रमा प्रबेस गरेको हुँ । म सँग बैंकिङको अनुभब रहेको हुँदा Professional र Personal सर्भिस दिन आफ्नै बिजनेस हुन उचित लाग्यो । सुरुदेखि नै ग्राहक बर्ग, साथीभाइ र परिवारको सहयोगले छोटो समयमा नै बिगत ३ वर्षसम्म अष्ट्रेलियाको MPA Magazine ले निकाल्ने op 100 Australian Mortgage Brokers को सुचीमा पर्न सफल भएको छु ।

यो व्यवसायमा रहंदै गर्दा कस्ता किसिमका अबसर र चुनौती देख्दैहुनुहुन्छ र सामना गर्दै हुनुहुन्छ ?
यो व्यवसायमा सुरुदेखि पाएको सफलता र ग्राहकको मायाले म अत्यन्तै खुसी छु । नेपाली कम्युनिटी मात्र नभै अन्य कम्युनिटीमा आफ्नो सेवा बिस्तार गरेकाले यो Diversified Clients भएको बिजनेस हुने मेरो आशा छ । अन्य व्यवसायमा जस्तै भबिष्यमा हाम्रो पेशामा पनि Technological Advancement को कारणले हामीले दिनेसेवा अझै परीमार्जित हुनेछ । यसले गर्दा हामीलाई मात्र नभै हाम्रा ग्राहकहरूको होमलोनको यात्रा सहज बनाउने छ भन्ने मलाई लाग्दछ । Royal Commission र बैंकहरूको लोन माथिको कडाइले लोन लिन झनै गाह्रो र लोन लिन झनै जटिल भएकाले धेरै व्यक्तिहरूको रोजाइ बैंकको भन्दा हाम्रो सेवामा भएकाले यो क्षेत्रमा काम गर्नेहरूको उज्वल भबिष्यनै देखेको छु । Digital Disruption लाई मैले चुनौतीको रुपमा देखेको छु । मलाई अष्ट्रेलियाको Number 1 Real Estate Website (realestate.com.au) ले गत वर्ष Smartline लाई किनेकाले यो दुबै कम्पनीमाझ हुने सहकार्यलाई हामीले अबसरको रुपमा लिएका छौं ।

अबको पाँच वर्षमा तपाईको व्यवसाय कहाँ पुग्ला ? हामीले कपिल नेपाल आबद्द यो संस्थालाई अबको पाँच वर्षमा कहाँ देखौंला ?
म यो ब्यवसायमा नै लामो समयसम्म रहने बिचारमा छु । यो व्यवसायलाई समय संगै बिस्तार गर्नुको साथै आउने २ वर्षमा अन्य नौलो व्यवसायमा हातहाल्ने सोचाईमा छु ।
अहिलेको व्यवसायिक सफलतामा मात्र नरमाइ समय अनुसार Business Diversification गर्न जरुरी देख्छु र अरुलाई पनि यस्तै सल्लाह दिन्छु ।

नेपाली समुदायमा व्यवसाय गर्न चाहनेहरू लाई तपाई कस्ता सुझाब दिन चाहनुहुन्छ ?
नेपाली समुदायमा बिजनेश गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको पाएको छु । आँफूलाई थाहा भएको वा आँफूले गर्नसक्छु भन्ने आत्मबिश्वास भएको क्षेत्रमा हात हालियो भने सफल हुन सकिन्छ भन्ने मेरो सोचाई छ । लहलहैमा लागेर भन्दा पनि आफुले रोजेको व्यवसायको सफलताको सम्भाब्यता र क्यास फ्लोको बिचारको साथसाथै कुनै पनि बिजनेस किन्दा वा सुरु गर्दा बिजनेस प्लान बनाउने र यस्तो बिजनेस गरी राखेका अन्य व्यक्तिहरूको अनुभब र सल्लाहलाई मध्यनजर गर्दै अगाडि बढ्न सुझाब दिन्छु ।