एनअारएनएकाे सहकार्यमा मोबाईल एप शुभारम्भ !

-- NTA REP. / प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७, २०७३

mobile lunchवैदेशिक रोजगारमा गएकाहरुका बिभिन्न समस्याहरु समाधानका लागि एशिया फाउण्डेसनको अनुदनामा योंग इनोभेसनको प्राविधिक सहयोग र गैरआवासीय नेपाली संघको सहकार्यमा मोबाईल एपको बिकास गरिएको छ ।  वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई वैदेशिक रोजगार सम्बन्धि अत्यावश्यक जरुरी सूचनाहरु सरल र सहज तरिकाबाट उपलब्ध गराउने यो एपको उदेश्य रहेको छ । यस यापको माध्यमबाट लिखित रुपमा तथा ध्वनि र श्रव्यको माध्यबाट वैदेशिक रोजगारीमा जानको लागि आवश्यक प्रकृयागत कार्यहरु तथा सम्बन्धित निकायहरुकाबारेमा अवगत गराउनुका साथै प्रथम चरणमा मलेसिया, कतार र साउदी अरबबारे जान्न पर्ने केहि कुराहरु समेत समावेश गरिएको छ ।

विदेशमा रोजगारका लागि नेपालबाट गत दुई दशकदेखि नेपाली कामदारहरु वैदेशिक रोजगारका लागि मुख्यतया मध्यपूर्वका मुलुकहरुमा जाने गरेका र यो क्रम हालमा आएर बढ्दो छ । अनुमानित करीब एक हजार पाँचसय मानिसहरु प्रत्येक दिन नेपालबाट वैदेशिक रोजगारका लागि विभिन्न मुलुकहरुमा गईरहेका छन् । कूल जनसंख्या मध्ये ३५ लाख मानिसहरु खाडि मुलुक तथा पूर्वी एशियामा वैदेशिक रोजगार अन्तर्गत कार्यरत छन् । वैदेशिक रोजगारमा जाने यी नेपाली कामदारहरु प्रस्थानको तयारीको समय र गन्तव्य मुलुकमा गईसके पछि विभिन्न मानवीय, सामाजिक, मनोवैज्ञानिक, आर्थिकका साथै अन्य समस्याहरुबाट पीडित भईरहेका छन् ।

गैरआवासीय नेपाली संघले आफ्नो स्थापना काल देखी नै आफ्ना बिभिन्न राष्ट्रिय समन्वय परिषदहरु तथा कार्यदल गठन गरेर वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने तर्फ बिभिन्न क्रियाकलमहरु संचालन गर्दै विदेशमा आपतमा परेका र मृत्यु भएका व्यक्तिहरुलाई सहयोग र उद्धार गर्दै आएको छ । जसकाे लागि यस एपको निरन्तर बिकास र परिमार्जन गरिनेछ एनअारएनले जनाएकाे छ ।mobile lunch1

श्रम तथा रोगार मन्त्री श्री दीपक बोहराको प्रमुख आतिथ्यतामा  यस एपकाे शुभराम्भ अाज शुक्रबार होटेल र्‍याडिसनमा भएको हाे । उक्त शुभारम्भ कार्यक्रममा  नेपाल सरकार, एशिया फाउण्डेसन, योंग इनोभेसन, वैदेशिक रोजगारमा कार्यरत व्यक्तिहरु, सरोकारवाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघ संस्थाहरु, संचारकर्मीहरुका साथै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घले, उपाध्यक्ष भवन भट्ट, हाल नेपालमा रहेका आइसिसिका पदाधिकारी तथा सदस्यहरु,  गैरआवासीय नेपाली संघ तथा वैदेशिक रोजगारीमा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो ।