एनआरएनए ओसेनियाको बैठक न्युजिल्याण्डमा हुदै

-- The NTA / प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७, २०७३
13225033_10206190710277705_130932813_o“सम्बृद्ध नेपालका लागि साझेदारी” भन्ने नाराका साथ गैर आबाशिय नेपाली संघ ओसेनिया क्षेत्रको क्षेत्रिय बैठक न्युजिल्याण्डमा हुदैछ । एनआरएनए ओसेनियाका क्षेत्रिय संयोजक महेन्द्र लम्सालका अनुसार न्युजिल्याण्डको क्राइस्ट्चर्चको लिंकन इभेन्ट सेन्टरमा २८ मे २०१७ का दिन हुने उक्त बैठकले बिदेशमा सिकेका ज्ञान र सिपलाई प्रभाबकारी रुपले नेपालको हितमा कसरी लगाउने भन्ने बारेमा छलफल हुनेछ । यसै गरि गत सालको बिनाशकारी भुकम्पमा ज्यान गुमाएका र घरबार बिहिनहरुको हितमा गैर आबशिय संघले जनाएको प्रतिबद्दतालाई प्रभाबकारी ढंगले पीडित सम्मा पुराउनका लागि बैठकले बिशेष पहल गर्नेछ । त्यसै गरि मे २९ आइतबारका दिन गैर-आबाशिय संघ न्युजिल्याण्डले सगरमाथा दिवस बिबिध कार्यक्रम सहित भब्यताका साथ मनाउने तयारी गरिरहेको पनि लम्सालले जानकारि दिए । बिश्वको सर्बच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पाइला राख्न सफल सर एड्मण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मान र सम्झनामा गर्न लागिएको उक्त कार्यक्रममा नेपालमा बिदेशी पर्यटकलाई प्रबर्धन गर्ने झाँकीहरु, नेपाली खाना र बिभिन्न पर्यटकीय हिसाबले महत्व राख्ने सामानहरुको पर्दर्शन गर्ने बताइएको छ ।
बैठकमा एनआरएनएका केन्द्रीय अध्यक्ष शेष घले, ओसेनिया क्षेत्रका देशबाट प्रतिनिधत्व गर्ने एनसीसी अध्यक्षहरु, आइसीसी सदस्यहरु, कन्द्रिय प्रबक्ता, केन्द्रिय संरक्षक लगाएत गैर आबाशिय नेपाली संघका प्रतिनिधिहरुको उपस्थित रहनेछ । त्यसै गरि दोश्रो दिनको सगरमाथा दिवसमा न्युजिल्याण्डको क्राइस्ट्चर्च वरपर रहने अत्यधिक नेपालीहरु, न्युजिल्याण्डका अन्य शहरहरुबाट आएका एनआरएनएका प्रतिनिधिहरु र नेपाललाई माया गर्ने न्युजिल्याण्डर एबं न्युजिल्याण्ड सरकारको प्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ । कार्यक्रममा उपस्थित भइ एक्यबद्दता प्रकट गरिदिनु हुन आयोजक एनआरएनए न्युजिल्याण्डको तर्फबाट ओसेनियाका क्षेत्रिय उपसंयोजक रमेश जोशीले सबैलाई अनुरोध गर्नु भएको छ ।