कविता कन्सर्टको नयाँ अनुभब लिए सिड्नीबासिले 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, साउन १३, २०७४
नेपाली साहित्यको काब्य विधामा फरक प्रस्तुतिका कारण चर्चित युवा कबि नवराज पराजुलीलाई यो पटक अस्ट्रेलियाका साहित्य प्रेमीहरु ले सुन्ने अबसर पाए । हेभ्भी बर्थ डे, खोया तथा सगरमाथाको गहिराई जस्ता चर्चित कविताका लेखक लोकप्रिय युवा कवि  पराजुलीले बासुरींको धुनमा बचन गरका कविताहरु मा दर्शक र श्रोताहरु पुरै  मन्त्र मुग्ध बने ।  २०४औँ भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)  एनएसडब्लुले सिड्नीमा आयोजना गरेको “अनेसास भानु जयन्ती विशेष कविता कन्सर्ट २०१७” मा कवि पराजुलीलाइ सहकर्मी बाँसुरी बादक सम्यक महर्जनका साथ दिएका थिए।
कार्यक्रममा कवि नवराज पराजुलीले नेपाली भाषा र साहित्यमा कविता विधामा पुर्याएको योगदानको कदर गर्दै अनेसास एनएसडब्लु अस्ट्रेलियाको तर्फबाट अनेसास केन्द्रका उपाध्यक्ष्य भीमसेन सापकोटा, नेपाली समुदायका अगुवा डा. नारायण प्रधान र अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमिरेले संयुक्त रुपमा खादा लगाई प्रशंशा पत्र सहित अभिन्नदन गरिएको थियो । त्यस्तै सोहि कार्यक्रममा बाँसुरी बादक सम्यक महर्जनलाई पनि अभिनन्दन  गरियो ।
२०७३ सालको मदन पुरस्कार र पद्मश्री पुरस्कार को   लागि मनोनित भएको बहुचर्चित कविता कृति “सगरमाथाको गहिराई” संग्रह को सगरमाथाको गहिराई शिर्षक बाट पराजुलीले कन्सर्टको आरम्भ गरका थिए।  करीब एक घण्टा लामो उनको कविता वाचनमा सिड्नीका दर्शक  तथा श्रोताहरु डुबेका देखिन्थे। सम्यक महर्जनको बाँसुरी धुनमा  पराजुलीले ६ वटा कविता वाचन गरे।
अल नेपाली पोयट्री स्ल्याम -२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ (अष्ट्रेलिया) बाट पुरस्कृत नवराज पराजुली पर्फमेन्स पोयट्रीबाट समकालीन कवितामा सर्वाधिक चर्चामा आएका हुन् । कार्यक्रमको अन्त्यमा सगरमाथाको गहिराई पुस्तकको हस्ताक्षर कार्यक्रम पनि भएको थियो।
सिड्नीको  एस्फिल्डको पोलिश क्लबमा २३ जुलाई आइतबारको दिन आयोजना गरिएको सो कार्यक्रमकोअध्यक्षता अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमिरेले गरेकी  थिइन भने संचालन महासचिब महेशर शर्माले गरका थिए । पराजुलीको अन्य कार्यक्रमहरु २५ जुलाईमा क्यानबेरा, २८ जुलाईमा ब्रिसबेन, ३१ जुलाईमा एड्लेड  र ५ अगस्टमा मेलबोर्नमा हुने अनेसास, एनएसडब्ल्युका महासचिब महेश्वर शर्माले एक प्रेस बिज्ञप्ति जारि गरि जनाएका छन् ।