कोभिड–१९ संक्रमण तिब्र अन्यौलमा अन्तराष्ट्रिय विद्यार्थीहरू
प्रबिधिले छोट्टाएको बिश्वको दुरी कोरना महामारीले नराम्ररी बढाइ दिएको छ । चन्द्रमा अनि मंगल ग्रहको सामिप्यता खोज्दै गरेको मानब सभ्यता बितेका १६ महिना देशको सीमा, अझ आफ्नै शहरको सीमामा खुम्चिन पुग्यो । कोरना महामारीको यी समय धेरैका लागि कष्टप्रद बने । ठूलो धन–जनको क्षति सहितको यो प्रकोप झन् बढिरहेको छ । व्यापारका हर क्षेत्रमा दूरगामी असर गरेको यो महामारीले शिक्षा क्षेत्रलाई पनि नराम्ररी प्रभावित गर्यो । बर्षेनी ठूलो संख्यामा नेपाल बाहेकका देशमा अध्यायन गर्ने विद्यार्थीहरू यो महामारीको चपेटामा परे । ठूलो संख्यामा बिदामा नेपाल पुगेकाहरू कोरना महामारीका कारण नेपाल मै अड्किए । यो बीचमा कति स्कुल कलेजहरू ले विद्यार्थी जँहा भए पनि पढ्न र परीक्षा दिन मिल्ने गरि अनलाईन कक्षाहरू पनि संचालन गरे । तर पनि यस्ता अनलाईन कक्षाहरू त्यति प्रभाबकारी देखिएनन् । पढ्ने भनेको किताबका हरफहरू मात्रै जानेर परीक्षामा राम्रो अंक ल्याउनु मात्र होइन । विदेश बसाइ र विदेशको शिक्षाबाट सिक्ने ठूलो कुरा भनेको त्यहाँको परिवेश, संस्कार र रहन–सहन पनि हो जुन अनलाईन शिक्षाबाट पाउने कुरा भएन । अर्को तिर विदेश बसाइमा सानो तिनो काम गरेर विद्यार्थीहरू ले केहि फि जुराउने धेरैको लक्ष्य हुन्छ त्यो अबसरबाट वंचित हुनु पर्ने र शैक्षिक संस्थाहरू को चर्को फि नेपाली रुपैयाँलाई डलरमा साटेर तिर्दा धेरै विद्यार्थी र अभिभाबकको लागि यो लामो समय थेग्न गार्हो हुने नै भयो ।
गन्तब्य अष्ट्रेलिया
बितेको दुई दशक अष्ट्रेलिया नेपाली विद्यार्थीहरू को लागि निक्कै आकर्षण देश रह्यो । यहाँको घमाइलो वातावरण, लोभ लाग्दा समुन्द्री तटहरू त छँदै छन् त्यो भन्दा बेसी यहाँको शैक्षिक प्रणालीले गर्दा तुलानात्मक रुपमा अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि सहज गन्तब्यको देश पनि बन्यो । भोकेसनल कोर्षहरू पढ्दै गरेका विद्यार्थीहरूले केहि बचत गरि २ वर्ष पछाडिको लागि युनिभर्सिटीको अध्यायन, नेपालका अभिभाबकले सुरुका केहि सेमेस्टरको फि तिरी दिए पछाडि अन्य फि र खर्च आफै जोह गरेर युनिभर्सिटीको अध्यायन, त्यसमा पनि श्रीमान÷श्रीमती नै संगै आएकाहरू को लागि त झन् एक जनाले काम मात्रै गर्ने अर्कोले पढाइ र पार्ट टाइम काम गर्दै महङ्गो शुल्क तिरेर पनि युनिभर्सिटीको डिग्री लिन सकिने देशको नाम लिदा अष्ट्रेलियालाई लिनै पर्दछ ।
अर्को तिर ईमिग्रेसनका बदलिएका नियमले अलिकति अप्ठ्यारो जस्तो देखिए पनि पढाई सके पछाडि सोहि अध्यायन वा त्यो संग सम्बन्धित काम कै अनुभबका आधारहरू मा टेकेर यतैको स्थाई बसोबासको अनुमति लिन सहज हुने देश पनि हो अष्ट्रेलिया ।
अष्ट्रेलियन सरकार वा सरोकार वालाको पक्षबाट हेर्दा बिदेशी विद्यार्थीहरू पनि उत्तिकै महत्वपूर्ण छन् । तिनीहरू बाट हुने आम्दानी यहाँको राष्ट्रिय आम्दानीको ठूलो श्रोत रहेको प्रस्टै रुपमा यहाँका आम्दानी सूचकहरू ले देखाउने गर्छन् । त्यसैले पनि अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीहरू लाई लोभ्याउने, उनीहरू बीचबाटै धेरै भन्दा धेरै अवसर सिर्जना गर्दै दक्ष जनशक्तिलाई यतै बस्नका लागि स्थायी अनुमति दिने आफ्नो सरकारी नीति मै पर्नु पनि स्वाभाविक नै हो । जसले गर्दा देशका लागि एकातिर आम्दानीको श्रोतको निरन्तरता र अर्कोतिर जनसंख्या बृद्दीमा सहजता त्यो पनि आफूले दक्ष बनाएका जनशक्तिहरू बाट । अष्ट्रेलियन सरकारको सूचांक अनुसार पनि नेपाल जस्तो सानो देशबाट आएका विद्यार्थीहरू को संख्या यहाँका बिदेशी विद्यार्थीमा चौथो र पछिल्लो पटक त तेश्रो स्थानमा परेको छ, जसबाट नेपालको लागि मात्र अष्ट्रेलिया सहज होइन अष्ट्रेलियन सरकारका लागि पनि नेपाली विद्यार्थीहरू सहज हुन् भन्ने देखिन्छ ।
बिगत १६ महिनादेखि बोर्डर बन्द
अष्ट्रेलियन सरकारले देशको बोर्डर आफ्ना नागरिक, स्थायी बसोबास लिएकाहरू र कुटनीतिज्ञ एबं बिशेष परिस्थिति बाहेकका लाई बन्द गरेको भएको १४ महिना भै सक्यो । यो बीचमा सबै प्रकृतिका ब्यापार ब्यबसाय, तह र तप्काका मानिसहरू कोरनाको असरबाट प्रभावित रहे, त्यसको असर अन्ततः सरकारलाई पनि पर्यो नै । अष्ट्रेलियन सरकारले ती असरहरू लाई न्यूनीकारण गर्न विविध योजनाहरू ल्यायो र एक हदसम्म सफल पनि रहयो । बिभिन्न स्वदेशी र बैदेशिक ब्यापारमा परेका विविध असरहरू जस्तै यो १४ महिना अष्ट्रेलियाको शैक्षिक क्षेत्रमा पनि ठूलो असर पर्यो । अष्ट्रेलिया अध्ययनको लागि आउन चाहेका धेरै विद्यार्थीहरू आफ्नै देशमा रोकिए । अष्ट्रेलियन सरकारको डाटा डट गभ का अनुसार यसरी आफ्नै देश रोकिने विद्यार्थीको संख्या १ लाख ३८ हजार भन्दा धेरै भएको देखाउँछ । जसमा नेपाली विद्यार्थीहरू को संख्या पनि तेश्रो नम्बरमा आउंछ । यसरि रोकिने विद्यार्थीहरू मा २०१९ को डिसेम्बर वा २०२० को जनवारी वरपर बिदा मनाउन गएकाहरू केहि विद्यार्थीहरू उतै रोकिए भने, फेब्रुअरी २०२०, जुलाई २०२०, फेब्रुअरी २०२१ को शैक्षिक सत्रको लागि भिषा लिएका नयाँ विद्यार्थीहरू कोहि पनि अष्ट्रेलिया आउन पाएका छैनन् ।
अष्ट्रेलियाको शैक्षिक क्षेत्रमा लामो समयको अनुभब भएका क्राउन इन्स्टिचियुट अफ हाइयर एजुकेसनका सिइयो नारायण तिवारी हाल नेपाल लगायत अन्य एसियन देशहरू मा देखिएको कोभिडको प्रकोप संगै विद्यार्थीहरू अष्ट्रेलिया आउने अन्यौलता अरु केहि समय लम्बिने बताउँछन् । क्राउन इन्स्टिचियुटको अन्य प्राइभेट एबं पब्लिक हाइयर एजुकेसन प्रोभाइडरहरू संगको भेटघाट र मिटिङ्गहरू मा विद्यार्थी रोकिएका र अष्ट्रेलिया आगमनमा कसरी सहजता हुन सक्छ भन्ने कुराहरू ले निक्कै प्रथामिकता पाउने गरेको तिवारीले बताए । हालै क्राउन इन्स्टिचियुटले थप गरेका कोर्षहरू ब्याचलर इन आइटी, डिप्लोमा इन आइटि हाइयर एजुकेसन सम्बन्धि जानकारी दिने कार्यक्रममा नेपालमा अड्किएका विद्यार्थीहरू लाई इन्स्टिचियुटले ५० प्रतिशत फि घटाई दिएको र अन्य काउन्सिलिङ्ग, इक्विपमेन्ट लगायतका सहयोगहरू पनि उपलब्ध गराइ रहेको, ती मध्ये केहि अनलाईनमा पढिरहेका र अरु केहि चाहिं कोर्ष डिफर गर्दै यता आउने दिन कुरिरहेको पनि तिवारीले बताए । आहिलेको यो विषम परिस्थितिमा यहाँ रहेका विद्यार्थीहरू पनि अनलाइन नै पढी रहेका कारण भौतिक रुपमा जुन सुकै ठाउँमा रोकिएका विद्यार्थी हुन सबैले पढाइलाई अनलाईन मार्फत निरन्तरता दिन पनि नारायण तिवारीले सुझाब दिए । उनका अनुसार भोलि १-२ बर्ष नै ग्याप देखिने गरि नपढी बस्नु भन्दा अलि–अलि पढ्दै गरे यता आइ सके पछि पनि पढाईको बोझ कम पर्छ र भोलि आर्थिक भार पनि कम हुन्छ ।
प्रसंगबस तिवारीले अष्ट्रिलियन सरकारी निकायले यहाँका उच्च शिक्षा प्रोभाइडरहरू लाई के कति विद्यार्थी रोकिएका छन्, ती विद्यार्थीले अष्ट्रेलिया आउने क्रममा टिकट या क्वारेन्टाइनमा बस्न के कति खर्च गर्न सक्छन् जस्ता कुराहरू जानकारी मागेकोले, सानो संख्या मै सहि विद्यार्थीहरू परीक्षण कै रुपमा भए पनि छिट्टै आउने आशा व्यक्त गरे । न्यु साउथ वेल्स र भिक्टोरियाका प्रिमियरहरू ले त यति नै संख्या तोकेर आ–आफ्ना स्टेटहरू क्वारेन्टाइन सहितको ब्यबस्था गर्दै पाइलोट प्रोजेक्टको रुपमा विद्यार्थी ल्याउन चाहेको कुरा केन्द्रिय सरकारलाई अनुरोध सहित अबगत गराइसकेका कुराले पनि तिवारीले माथि भनेको कुरालाई अझै जोड गर्छ ।
यसै गरि विद्यार्थीका यी समस्याहरू लाई नजिकबाट हेरिरहेको अष्ट्रेलियाका लागि नेपाली दूताबासले यो बीचमा २ पटक जुम मिटिङ्ग-सेसन गरेर विद्यार्थी, तिनका अभिभाबक, कलेज युनिभर्सिटीका प्रतिनिधि, शैक्षिक परामर्श दाताहरू बीचमा अन्तक्रिया कार्यक्रम नै आयोजना गर्यो । जसमा विद्यार्थीका विविध प्रश्नमा सरोकारवालाले आफ्नो तर्फबाट उत्तर दिएका थिए । अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम महेश राज दाहाल औपचारिक-अनौपचारिक रुपमा आफू यसरी नेपालमा रोकिएका विद्यार्थी, तिनका अभिभाबक, शैक्षिक परामर्श दाताहरू, शैक्षिक संस्थाहरू र अष्ट्रेलियन सरकारी निकायहरू संग निरन्तर र नियमित सम्पर्कमा रही रहेको बताए । राजदूत दाहालका अनुसार दूताबास संग प्रष्ट रेकर्ड (डाटा) नभए पनि यति बेला अष्ट्रेलियाको लागि भिसा लिई सकेका करिब ५ देखि ६ हजारको बीचमा विद्यार्थीहरू नेपाल मै रोकिएका छन् । यसरि रोकिएका विद्यार्थीहरू ले अनलाइन मार्फत अध्ययनलाई निरन्तरता दिए पनि सबैको चाहना यतै आउने यहिको परिवेशमा पढ्ने रहेको र सोहि अनुसार दूताबास सबै स्टक होल्डरहरू संग सम्पर्क मै रहीरहेको पनि दाहालले बताए ।
अन्यौलता कायमै
भ्याक्सिनको शुरुवात संगै जुलाई २०२१ को शैक्षिक शत्रबाट विद्यार्थी आगमन हुने सरकारी संकेत र सबैको अनुमान यति बेला फेरि नेपाल, भारत लगायतका देशमा देखिएको र बढेको कोभिडको प्रकोप संगै अहिलेलाई पर सरेको छ । कहिलेसम्म यस्तो स्थिति रहला भन्ने पूर्बानुमान गर्न सबैलाई गार्है भएको बेला गएका केहि हप्ता अबका केहि वर्ष अष्ट्रेलियामा विद्यार्थी आवगमन नै बन्द हुने, बोर्डर खुल्ला नहुने भन्ने खालका केहि नकारात्मक समचारहरू नेपालदेखि अष्ट्रेलियाका मिडियाहरू मा देखिए । जुन बिल्कुल निराधार र गलत रहेको भनेर अष्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरूको संस्था अष्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाइन्स (एका) ले बक्तब्य नै प्रकाशित गरि खण्डन गर्यो । एकाका अध्यक्ष भुपाल सिटौलाले जारि गरेको बिज्ञप्ति अनुसार अष्ट्रेलियाको केन्द्रीय सरकारको आधिकारिक निर्णय बमोजिम अष्ट्रेलिया प्रवेशमा विशेष परिस्थिति बाहेक यही आउँदो सन् २०२१ को जुन १७ सम्मका लागि मात्र रोक लगाइएको हो । यस बाहेक अष्ट्रेलिया प्रवेश र आगमनका सम्बन्धमा सरकारको कुनै निर्णय बाहिर आएको देखिँदैन । सिटौलाले कोरोनाबाट प्रभावित विश्व सहज बन्दै गर्दा शैक्षिक क्षेत्रलाई समेत कसरी अगाडि बढाउने भन्ने विषयमा परामर्श र गृहकार्य अष्ट्रेलियाले गरिरहेको यसका लागि राज्य सरकारहरू मातहतबाट विद्यार्थीलाई ल्याउन छुट्टाछुट्टै पहल गरिरहेको अवस्थामा यस किसिमको भ्रामक खबर फैलिनु दुःखद भएको बताए ।
भ्याक्सिनको सहजता संगै छिट्टै नेपाली जस्तै आफ्नै देशमा अड्किएका विद्यार्थीहरू को आगमन सहज हुने धेरैको बिश्वास यो जुलाईमा पुरा नहुने हो कि भन्ने संशय कायमै छ । तर जति सक्दो छिटो विद्यार्थी ल्याउन कलेज, युनिभर्सिटीहरुले पनि लबिङ्ग गरिरहेका छन् । जसमा अष्ट्रेलियन सरकार पनि सकरात्मक छ । आखिर अष्ट्रेलिया पनि जति सक्दो छिटो बिश्वभरका रोकिएका विद्यार्थीहरू अष्ट्रेलिया आउन भन्ने चाहन्छ । किनकि माथि भने जस्तै अष्ट्रेलियाको राष्ट्रिय आम्दानीको ठूलो हिस्सा बिदेशी विद्यार्थीहरू हुन् । सिधा देखिने आम्दानी बाहेक, यहाँको रोजगार बजार, रियल स्टेट बजारदेखि, हस्पिटालिटीसम्म सबै तिर सामाजिक र आर्थिक दुवै रुपमा विद्यार्थीहरू को अहंम भूमिका छ । नेपाल जस्तो सानो देशबाट आउने विद्यार्थीहरू चीन र भारतका विद्यार्थी पछाडि तेश्रो नम्बरमा पर्छन् । त्यसको मतलब नेपाली विद्यार्थीको आगमन अष्ट्रेलियन सरकारको लागि स्थिति सहज भए संगै महत्वपूर्ण हुनेछ । यसो भन्दै गर्दा अष्ट्रेलियन सरकार र शैक्षिक निकायहरू संग नेपाली अथोरिटीले रोकिएका विद्यार्थीहरू का समस्या निर्धक्क राख्न सक्ने हैसियत राख्छन्, राख्नु पर्छ ।
अष्ट्रेलियामा नेपाली समुदायको बढ्दो उपस्थिति, ठूलो संख्यामा आउने नेपाली विद्यार्थीहरू, नेपालीहरू ले बनाएको परिश्रमी र इमान्दारीताको परिचय लगायतका कारण नेपालीहरू यहाँको स्थानीय हुँदै केन्द्रसम्मका राजनीतिज्ञ र सरकारी निकायसम्म सबैले नोटिस गर्ने तहमा छन् । त्यसैले पनि नेपाली दूताबास मात्र होइन एनआरएनए लगायतका सामुदायिक संस्था र शैक्षिक परामर्शदाताहरूको संस्था अष्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाइन्स जस्ता संस्थाले अहिलेका नेपाली विद्यार्थीहरूको स्थितिका बारेमा यहाँको सरकारी निकायमा आफ्ना कुरा निर्धक्क राख्न ढिलो गर्नु हुन्दैन । यसरी निर्धक्क नेपाली विद्यार्थीका कुराहरू राख्ने र भोलि पाइलोट प्रोजेक्टको रुपमा स्टेट सरकारले संख्या तोकेर विद्यार्थी ल्याउँदै गर्दा तोकेको संख्या भित्र नेपाली विद्यार्थीहरू लाई पार्न लबिङ्ग गर्न पनि यो समय उपयुक्त हो । सबैमा अन्यौलता छ यो महामारी कहिले सम्म रहने हो त्यसो भनेर सबै समयलाई नै पर्खेर बस्नु भन्दा आफ्नो तवरले विद्यार्थी संग नजिक रहेका सबैले उपयुक्त कुरा उपयुक्त माध्यमबाट उपयुक्त स्थानसम्म पुराउन लागौं ।
अन्त्यमा,
मानव सभ्यता माथिकै यो प्रहर एकै छिन् बिर्सेर सहज जनजीवनको कल्पना गर्ने हो भने निःसन्देह अष्ट्रेलिया संसार कै विद्यार्थीहरू को लागि एकदमै आकर्षण गन्तब्य र उत्तम रोजाइ हो । अझ नेपाली विद्यार्थीहरू को लागि त हावापानी, आर्थिक सामाजिक बनावट धेरै कारणले उच्च शिक्षाको लागि एकदम उपयुक्त रोजाइ हो । कोभिडको सहजता संगै एक पटक अष्ट्रेलियामा नेपाल लगायत अन्य देशका विद्यार्थीहरु को आगमन ह्वात्तै वढेनछ । हुन सक्छ त्यति बेला २००६–२००८ मा देखिए जस्तै, पार्ट टाइम काम, बस्ने ठाउँ समस्या पनि पर्न सक्छन् । त्यसैले नेपालमा रोकिएका विद्यार्थीहरू ले त्यो अफ्ठ्यारो स्थितिलाई आंकलन गरेर सोहि अनुसारको तयारी सहित अहिले देखि नै केहि सिपमूलक तालिम र काम सिक्ने जस्ता कुराहरू गर्दा पछि अष्ट्रेलियाको बसाइ सहज हुन सक्छ । अर्कोतिर वाट हेर्दा अब छिट्टै बोर्डर खुल्ने, स्थिति सहज होला भन्ने अनुमान एक किसिमको पर्खाइ नै हो । यो छिट्टै टुंगिन पनि सक्छ अपेक्षा गरे भन्दा लम्बिन पनि सक्छ । त्यसैले आहिले नेपाल रोकिएका विद्यार्थीहरू ले समयको एकदम उपयोग गर्दै नेपाल मै गर्न सकिने वा नेपालबाट गर्न मिल्ने सम्मको अध्यायनलाई निरन्तरता दिन सके समयको बचत हुनेछ ।
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार...
काठमाडौं- इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू...
The benefits of making use of dating apps for plus size women There...
Site Details: Kosten: $ 29.95 für a 1...
Getting started: tips about how to find a fuck buddy Finding a fuck...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
Leser Frage: ich bin fett plus es scheint sehr schwer...