खेलकुद गतिविधि मार्च १४ देखि इपीएल

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, फाल्गुन २८, २०७६

यही मार्च १४ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिग(इपीएल) को खेल तालिका सार्वजनिक भएको छ । खेलमा देशका प्रमुख ६ सहरहरुलाई प्रतिनिधित्व गदै ६ वटा टोलीले खेल्नेछन् । यस खेलमा काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स,र ललितपुर प्याट्रियट्स गरी ६ टोली सहभागी हुनेछन् । त्रिवि क्रिकेट मैदानमा हुनेको प्रतियोगिताको उद्घाटन खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच हुनेछ । यस वर्षको ईपीएलमा स्टार खेलाडीहरुको उपस्थिति हुनेछ ।

यस वर्ष काठमाडौं किंग्स इलाभेनबाट केभिन ओ’ब्रायन, पोखरा राइनोजबाट क्रिस गेल, केस्रिक विलियम, हसिम आम्ला, जर्ज मुन्से, चितवन टाइगर्सबाट मोहम्मद शाहजाद, पल स्टर्लिङ, भैरहवा ग्लाडिएटर्समा ड्वाने स्मिथ र ललितपुर प्याट्रियट्सबाट उपल थारङ्गा, हमाद आजम, हसन खान र मिर हाम्जा अनुबन्धित भएका छन् ।

एभरेष्ट प्रिमियर लिगका लागि विभिन्न टिमले खेलाडी रिलिज तथा अनुबन्ध गरेका छन् । भैरहवा ग्लाडियटर्सले प्रकाश केसी र भुपेन्द्र थापा क्षत्रीलाई रिलिज गरेको छ भने विराटनगर वारियर्सले पुष्प थापा, विनोद लामा र रविन क्षत्रीलाई रिलिज गरेको जनाएको छ । यसैगरी चितवन टाइगर्सले पृथु बास्कोटलाई रिलिज गरेको छ भने काठमाण्डौ किंग्स इलाभेनले सिद्धान्त लोहनी, विक्रम कुमार भुसाल र पुरन विश्वकर्मालाई रिलिज गरिएको जनाएको छ ।

पोखरा राइनोजले राजेश पुलामी मगर, सौरभ खनाल र सुवेन्दु पाण्डेलाई रिलिज गरेको छ । यसैगरी पहिलो चरणमा भैरहवाले विकास अग्रीलाई ५० हजारमा अनुबन्ध गरेको छ भने विराटनगले अनिल खरेललाई १ लाख २७ हजार, विक्रम कुमार भुसाललाई १ लाख १७ हजार र सौरभ खनाललाई १ लाख ७ हजारमा अनुबन्ध गरेको जनाइएको छ ।

यस्तै शेर मल्ललाई काठमाण्डौले ८६ हजारमा खरिद गर्दा अमृत भट्टराई र दीपेन्द्र रावतमाथि ५१–५१ हजार खर्चिने भएको छ । पोखराले रित गौतमलाई १ लाख २० हजारमा अनुबन्ध गर्दा पृथु बास्कोटालाई ७५ हजार विवेककुमार यादवलाई ६० हजार र विपिन रावललाई ५० हजारमा अनुबन्ध गरेका छन् । दोस्रो चरणको बिडिङबाट भैरहवाले हिमांशु दत्तालाई ५५ हजार तिर्ने भएको छ भने चितवनले खडक बोहरालाई ५० हजारमा लिएको छ ।

कोरोनाका कारण ओलम्पिक नै रोकिने सम्भावना

कोरोना भाइरसको संक्रमण फैलिादै गएपछि जापानमा हुने ओलम्पिक प्रतियोगिता रोकिने सम्भावना बढ्दै गएको छ । आउादो जुलाई २४ देखि जापानको टोकियोमा हुन लागेको ओलम्पिक २०२० रोक्नुपर्ने अन्तराष्ट्रिय ओलम्पिक समितिका सदस्य डिक पाउन्डले बताएका छन् ।

क्यानडाका पूर्वपौडीबाजसमेत रहेका अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का वरिष्ठ सदस्य पाउन्डले ओलम्पिकको ठाउा सार्ने वा केही ढिला गर्नुभन्दा स्थगित नै गर्नु उपयुक्त हुने बताएका छन्। जुलाईबाट अक्टोबरमा प्रतियोगिता सार्ने कुरामा पनि ढुक्क हुने अवस्था नभएको उनले बताए ।

जापानमा भइरहेका विभिन्न लिग तथा विभिन्न खेलकुद प्रतियोगिताहरु पनि कोरोना संक्रमणका कारण रोकिएका छन्। जापानी फुटबल लिग(जे–लिग) पनि कोरोना संक्रमणका कारण मार्च १५ सम्मका लागि स्थगित गरिएको छ। जापानी प्रधानमन्त्री शिन्जो आबेले तत्कालका लागि सबै खेलकुद प्रतियोगिता र साास्कृतिक कार्यक्रमहरु रोक्न निर्देशनसमेत दिएका छन्।

फेब्रुअरी २२ बाट क्योटोमा हुने भनिएको दक्षिण अफ्रिका र जापानबीच हुने यु–२३ मैत्रीपूर्ण फुटबल पनि दुई महिनापछि मात्र हुनेगरी स्थगित गरिएको छ। अन्तरविद्यालयस्तरीय खेलकुद प्रतियोगिता तथा विभिन्न मार्सल आर्ट प्रतियोगिताहरु पनि पछि सारिएको छ । जापानमा हालसम्म कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ भने ८६० जनामा ( डायमन्ड प्रिन्सेस क्रुजका ६९१समेत) संक्रमण देखिएको छ ।

सन्दिप विश्व ११ मा

आगामी महिना हुने विश्व–११ साग दुई खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपालका सन्दीप लामिछानेले एसिया–११ बाट खेल्ने भएका छन् । बंगलादेशका पितासमेत मानिने शेख मुजिबुर रहमानको जन्मशताब्दीको अवसरमा बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले एसिया–११ र विश्व–११ बीच दुई खेलको ट्वान्टी–२० शृंखला गर्दै छ । उक्त शृंखलाका लागि बिसिबीले मंगलबार सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा सन्दीप पनि परेका छन्। एसिया–११ बाट भारतका ६ खेलाडीसहित श्रीलंका, आयोजक बंगलादेश र अफगानिस्ताका खेलाडीले खेल्नेछन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र लोकेश राहुलले भने एक खेल मात्र खेल्ने सम्भावना रहेको क्रिक इन्फोले जनाएको छ। निकै व्यस्त कार्यतालिकाका कारण कोहलीले खेल्ने बार भने पक्का हुन बााकी रहेको बिसिबीले जनाएको छ । न्युजिल्यान्ड भ्रमणमा रहेको भारतको टेस्ट शृंखला मार्च ४ मा सकिनेछ । त्यस लगत्तै भारतले घरेलु भूमिमा दक्षिण अफ्रिकासाग तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । उक्त शृंखला आगामी मार्च १२ देखि १८ सम्म सुरु हुनेछ। अन्तर्रा्ष्टि्रय क्रिकेट परिषद् (आइसिसी) ले समेत मान्यता दिएको ढाकामा ट्वान्टी–२० शृंखला भने आगामी २१ र २२ मा हुादै छ। एक हप्तापछि मार्च २९ देखि नै इन्डियन प्रिमियर लिग आइपिएल सुरु हुने हुादा कोहलीले खेल्ने सम्भावना न्यून रहेको क्रिक इन्फोले उल्लेख गरेको छ ।

एसिया–११ बाट नेपालका सन्दीपसहित बंगलादेशका तमिम इकबाल, लिटन दास, मुस्फिकर रहमान, मुस्ताफिजुर रहमान, मुजिब उर रहमान, महमुदुल्लाह, श्रीलंकाका थिसरा परेरा, लासिथ मालिंगा, अफगानिस्तानका रसिद खान र भारतीय खेलाडीले खेल्नेछन्। विश्व–११ बाट फाफ डु प्लेसिस, क्रिस गेल, एलेक्स हेल्स, निकोलस पुरन, ब्रेन्डन टेलर, रोस टेलर, जोन्नी बेयरस्टो, केइरन पोलार्ड, शेल्डन कट्रेल, लुंगी ङिदी, एड्य्रु टाइ र मिचेल मेक्लेनङ्घन रहेका छन् ।