गजलमय बन्दै गजल मुशायरा सम्पन्न 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४
बिगतका तिन गजल मुशायराको सफल श्रृंखलामा रमेका सिड्नीका गजल पारखीहरु का लागि अभुतपुर्व गजलमय बन्दै  ‘गजल मुशायरा  २०१७’ सम्पन्न भएको छ ।  गजल मुशायरा परिवारद्वारा आयोजित यस पटकको कार्यक्रम गत सेप्टेम्बर ३, आइतबारका दिन एसफिल्ड स्थित एसफिल्ड पोलिश क्लबमा सम्पन्न भएको हो । नेपालका प्रथम गजलकार एबम साहित्यकार मोतीराम भट्ट प्रति सम्मान व्यक्त गर्दै सम्पन्न  यस पटकको गजल मुशायरामा पनि  बिगतमा जस्तै गजल प्रेमीहरुको बाक्लो उपस्थिती सहित शुरूबाट अन्त्यसम्म नै दर्शकहरुको तालीको गड्गडाहट र वाह वाह सँगै सम्पन्न भएको थियो।
कार्यक्रम सञ्चालक स्टेजमा आउँछन् , कार्यक्रमको बारेमा सानो जानकारी सहित उपस्थित सबैलाई अभिवादन गर्छन्, पहिलो गजल सर्जकलाई आफ्नो प्रस्तुतिको लागि स्टेजमा निम्त्याउँछन् र उनको गजल वाचनमा श्रोताहरू को ‘वाह वाह’, ‘वान्स मोर’ र तालीले हल गुञ्जाएमान हुन्छ । यो क्रम अन्तिम सर्जकसम्म चलिरहन्छ । यसरि गजलमय बनाएका थिए गजलकारहरु प्रदिप चापागाईँ, विष्णु तामाङ, विष्णु प्रसाद अधिकारी, आशीष न्यौपाने,  रिमेन आलोक, केशव शर्मा, सिर्जना थापा, नैना निर्झरा, ओबेत साम्पाङ,गणेश गौतम र पार्वती पाहारीले ।
निखिला चापागाईं र कविता आचार्यले गजलमा प्रस्तुत गरेको नृत्यले कार्यक्रममा थप रौनकता थपेको थियो भने नृत्य सहितको गजल बाचन पछि गयक आशिष श्रेष्ठ सहितको समुहको लाईभ गजल गायनले पनि श्रोताहरू मन्त्रमुग्ध बनेका थिए।  मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नी साहित्य वृत्तले गजल मुशायरा आयोजना गर्दै आइरहेको छ। गजल मुशायरा गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम हो
तस्बिर – आरपी प्रडक्सन