गायक ठकुरीको म्युजिक भिडियो सार्वजनिक

-- / प्रकाशित मिति : बुधबार, असार २९, २०७३

Suraj_Video

काठमाडौं— फोटो पत्रकार श्रीधर पौडेलद्वारा निर्देशित एउटा पप गीतको गीतको म्युजिक भिडियो भरखरै सार्वजनकि गरिएको छ । गायक सुरज शाही ठकुरीको स्वरको ‘माया तिमीलाई…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । उदेश श्रेष्ठको शब्द तथा संगीतको यो गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका छन् । गायक ठकुरीको ‘संस्करण’ एल्बममा यो गीत समावेश छ । यूट्युब तथा विभिन्न टेलिभिजन च्यानलबाट सार्वजनिक गरिएको यो भिडियोमा भावना पुन तथा किरण लाकौलले अभिनय गरेका छन् । गीतको छायांकन पनि निर्देशक पौडेलले नै गरेका हुन् ।
यस्तो छ भिडियो :
https://youtu.be/ssL71IeYzWI