च्याम्पियन्स लिगको उपाधि बायर्नलाई

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ ८, २०७७

लिस्बन – प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

पीएसजीकै पूर्वखेलाडी किङ्ग्सले कोमानले ५९ औँ मिनेटमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बनेको थियो ।

जोसुवा किमिचको क्रसमा कोमानले गोल गरेका थिए ।

बायर्नका प्रशिक्षक ह्यान्सी फ्लीकका लागि यो सिजन निकै फलदायी रह्यो ।

गत नोभेम्बरमा अन्तिम प्रशिक्षकका रुपमा टोलीको नेतृत्व सम्हालेका उनले टोलीलाई च्याम्पियन्स लिगको उपाधि पनि जित्न सफल भएका छन् ।

पीएसजीका दुई सुपरस्टार स्ट्राइकर नेयमार र किलियान एम्बाप्पेका लागि पनि निरश खेल रह्यो ।

उनीहरुले खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने पहिलो हाफमा अवसरहरु पाउँदा पनि उनीहरुलाई म्यान अफ द म्याच म्यानुअल न्युअरले निराश बनाएका थिए ।

पीएसजीले सन् २०१६ को अप्रिल यता ३५ खेलपछि पहिलोपटक युरोपियन प्रतियोगितामा गोल गर्न असफल रह्यो ।

पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दोस्रो हाफमा भने बायर्नले खेलमा नियन्त्रण बनाउँदै छैटौँपटक उपाधिमाथि कब्जा जमाउन सफल रह्यो ।

बायर्नभन्दा रियल म्याड्रिड ९१३ पटक० र एसी मिलान ९७ पटक० मात्र अघि रहेको छ ।